बुधबार, असार ३, २०८३ | Wednesday 17th June 2026

प्युठानमा घर विदाबाट फर्केका ७ सैनिक सहित १० जनामा कोरोना पुष्टि


प्युठान ।
प्युठानमा घरविदा सकेर क्याम्पमा फर्किएका ७ जना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

मंगलबार एकै दिन थप १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्। एक जना माण्डबी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।

मंगलबार आएको रिपोर्टसँगै प्युठानमा सक्रीय संक्रमित ३८ जना भएका छन्। त्यस मध्ये २१ जना सैनिक जवान छन। उनिहरुलाई ईन्द्रध्वज गण अन्र्तगतको फुलबारी ब्यारेक पुणयखोलामा राखिएको छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ।
कामनाडेलीबाट ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top