शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बतासे डाँडामा शसस्त्र प्रहरीको भवन उद्घाटन


तुल्सा पोख्रेल

प्यूठान । प्यूठान नगरपालिका वडा न. ३ बतासे डाँडामा निर्माण भएका
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्युठानको नवनिर्मित विभिन्न संरचनाहरुको समुद्घाटन गरिएको छ ।

ब्यारेकहरु, गुल्मपती निवास र पक्की गेटको सशस्त्र प्रहरी बल नेपाल ५ नं प्रदेश बिन्ध्यबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक किशोर प्रधानले उद्घाटन गरेका हुन । प्युठान नगरपालिका वडा नं ४ गाजुरीमा रहेको भवन कमजोर भएपछि विभिन्न निकायको सहयोगमा यहाँ संरचनाहरु निर्माण गरिएको हो ।
नवनिर्मित संरचनाहरुको उद्घाटन कार्यक्रममा ५ नं प्रदेश बिन्ध्यबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रधानले सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको रक्षा, सिमानाको सुरक्षा, राष्ट्रियताको जर्गेना र नेपाली जनताको सेवा, सुरक्षा र सहयोग तथा उद्धारका लागि प्रतिवद्ध रहेको बताए । स्थापनाको छोटो समयमा नै राष्ट्र र आम नागरिकको माझ लोकप्रिय भएको बताउदै विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न आफुहरु परिचालित भएको उनले बताए । नेपाल सरकारबाट भएका निर्णयहरुको कार्यान्वयनका लागि विभिन्न एक हजार दुई सय १३ स्थानमा २२ हजार ६ सय १६ जनशक्ति परिचालित भएका छौँ, उनले भने,–‘भोक, तिर्खा घाम पानी र हुरी बतासको प्रवाह नगरी कर्तव्य र जिम्मेवारी निर्वाह गरेका छौँ ।’ अबका दिनमा भौतीक संरचनाको निर्माणले नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्धारमा थप हौसला सहित काममा जुटन उनले निर्देशन समेत दिएका छन् ।
प्रधानमन्त्रीले अगाडी सार्नुभएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को महान अभियान र गृहमन्त्रीले अगाडी सार्नुभएको‘विकास सुरक्षा र सुशासन’ को अभियानलाई सफल तुल्याउन सशस्त्र प्रहरी बल अहोरात्र लागिपर्ने सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदानको भनाई छ ।
जिल्लाका स्थानीय तह, विभिन्न व्यवसायीहरुको सहयोगमा सशस्त्र प्रहरी बलमा संरचनाहरु निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्युठानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (गुल्मपती) चेतराज जोशीले बताए । संरचना निर्माणमा प्युठान नगरपालिकाबाट ३ लाख, स्वर्गद्धारी नगरपालिकाबाट २ लाख, नौवहिनी गाउँपालिकाबाट २ लाख ५० हजार, ऐरावती गाउँपालिकाबाट १ लाख ५० हजार, गौमुखी गाउँपालिकाबाट २ लाख, झिमरुक गाउँपालिकाबाट १ लाख ५० हजार, माण्डवी गाउँपालिका १ लाख ५० हजार, सरुमारानी गाउँपालिका १ लाख, उद्योग बाणिज्य संघ प्युठानबाट दुई लाख २२ हजार रुपिँया गरी १५ लाख रुपिँया आर्थिक सहयोग भएको जोशीले बताए । यी निकायको सहयोगबाट टिन प्रयोग गरी ५ वटा ब्लक, टष्ट ब्यारेक, शौचालय , डिस्वीन्टल हाउस निर्माण गरिएको छ ।
त्यस्तै उद्योग बाणिज्य संघ प्युठानका अध्यक्ष एवं व्यवसायी केदारमान कक्षपतिको सहयोगमा शौचालय निर्माण र प्युठान नगरपालिका वडा नं ८ स्थित व्यवसायी रमेश पौडेल, वडा नं ४ का व्यवसायी सुर्यचन्द्र खनाल, जीवराज पोख्रेल तीन जनाको १ लाख रुपिँया आर्थिक सहयोगमा मेनगेट निर्माण गरिएको समेत उनले बताए । त्यस्तै प्युठान नगरपालिका वडा नं ४ जुम्रीका व्यवसायी बन्द्रीनाथ श्रेष्ठको सहयोगमा प्रतिक्षालय स्वरुपको चौतारा निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । बतासेडाडाका स्थानीयले प्युठान नगरपालिकालाई सहयोग गरेको जग्गा नगरपालिकाबाट गुल्मलाई सहयोग भई यहाँ संरचना निर्माण गरिएको हो । गत ०७५ भदौ १८ गते नगरपालिकाबाट कार्यालयको नाममा ७ रोपनी जग्गा पास गरी यहाँ संरचना निर्माणको काम गरिएको उनले बताए । उद्घाटन कार्यक्रममा निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्ति, जग्गा दिने जग्गादाता र कार्य सम्पादनको आधारमा बलमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top