शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

भारतबाट फर्किएर होटल व्यवसाय सञ्चालन


प्युठान ।
लामो समयसम्म रोजगारीको सिलसिलामा भारतमा जीवन बिताएका प्युठानका दुई युवाले होटल व्यवसाय सञ्चालन गरेका छन् । प्युठान नगरपालिका वडा नं ४ टारीका गंगाराम रिजाल र स्वर्गद्धारी नगरपालिका वडा नं ६ धनचौर खानीखोलाका केशवराज पौडेल(नाताले दुई साडु) ले होटल व्यवसाय सञ्चालन गरेका हुन् । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा गत सोमबारदेखी उनीहरुले होटल सञ्चालन गरेका हुन् ।
कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी पूर्व अर्थात गंगाराम माघ २३ गते र केशवराज चैत ५ गते प्युठान आफ्नो घरमा आएका थिए । केही समय घरमा बस्ने र भारत फर्कने योजनाका साथ घरमा आएका उनीहरु कोरोना संक्रमणका कारण भारत जान नपाएको बताए ।

१२ वर्षसम्म रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा बिताएका उनीहरुले तत्काल भारत फर्किने अवस्था नदेखेर होटल व्यवसाय सञ्चालन गरेको बताउछन् । भारतबाट फर्कदा केहि पैसा लिएर आएका थियौँ, गंगारामले भने,–‘पैसा सदुपयोग संगै भारत नजाने मनस्थिती बनाएर होटल सञ्चालन गरेका हौँ ।’ भारत भन्दा आफ्नै ठाउँमै केहि गरौ अब भारत नजाऔँ भनि व्यवसायमा हात हालेको उनको भनाई छ । धेरै वर्ष घर छाडेर बाहिर बसियो, उनले भने,–‘अब आफ्नै ठाउँमा काम गर्नका लागि व्यवसाय सञ्चालन ग¥यौ ।’

दुई साडुले मासिक १८ हजार ५ सय रुपिँया भाडा तिर्ने गरी ९ लाख रुपिँया लगानीमा होटल व्यवसाय सञ्चालन गरेको बताए । उनले सञ्चालन गरेको होटलमा ईण्डीयन, नेपाली खाना, नास्ताका परिकार बन्ने जनाईएको छ । दुई साडु भाईले मात्रै सञ्चालन गरेको व्यवसायमा बन्दाबन्दी खुकुलो भएपश्चात र ग्राहकको संख्यामा बृद्धि भएमा अन्य कामदार थप्ने योजना रहेको छ ।होटल व्यवसायबाट परिवार पाल्नुका साथै एक वर्षको अवधिमा जिल्लाको अन्य ठाउँमा शाखा बिस्तार गर्ने योजना रहेको सञ्चालकहरु बताउछन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top