शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

होटल व्यवसायीद्धारा स्थानीय सरकारको ध्यानाकर्षण


राधिका भुसाल
प्यूठान । लामो समय मुलुकमा लकडाउन भएपछि होटल व्यवसायीहरु आर्थिक रुपमा निकै मर्कामा परेको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
शनिवार होटल व्यवसायी संघ प्यूठानको सचिवालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको मार्फत स्थानीय तहका जनप्रतिनिधिहरुलाई विभिन्न माग राख्दै तत्काल सम्बोधनका लागि अनुरोध समेत गरेका छन् । संघका अध्यक्ष गञ्ज बहादुर थापाले कोभिड १९ का कारण होटल व्यवसायीहरुमा परेको असर र समाधानको विषयलाई जानकारी गराउदैं धरापमा परेका व्यवसायीहरुलाई स्थानिय सरकारले विशेष ध्यान दिएर सहयोग गर्नु पर्ने बताए । अन्तरक्रिया तथा छलफल कार्यक्रममा कोभिडले पर्न गएको असर ः घरभाडा, बैंक व्याज, गाडी किस्ता सम्बन्धमा, सहुलियत ऋण तथा अनुदान, स्थानीय व्यवसायी कर, कर्वाड टेन्डर, पर्र्यटकीय सूचना केन्द्र स्थापना, सीपमूलक कुक तथा होटल व्यवस्थापन, विषयगत नीति निर्माणमा व्यवसायी सहभागिता र पर्यटन क्षेत्रको पहिचान र विकास लगायतका आठ बुंदे एजेण्डा माथि व्यापक छलफल गरिएको अध्यक्ष थापाले जानकारी दिए । लकडाउन अवधिभर होटल पूर्ण रुपमा बन्द गर्नु परेको र अब पनि पहिले जस्तो अवस्था नभएकोले होटल सञ्चालकहरु निकै मारमा परेको होटल व्यवसायी महासंघ प्रदेश ५ का महासचिव दधिराम भण्डारीले बताए । ‘ कतिपय व्यवसायीहरु घरभाडा तिर्न नसकेर सामानहरु घरधनीलाई बुझाई व्यवसायबाटै विस्थापित समेत हुनु परेको अवस्था छ, महासचिव भण्डारीले भने–‘ घरधनीसंग लकडाउन अवधिभरको भाडा छुट गराउनका लागि घरधनी, बैंक र व्यवसायीहरु बीच स्थानीय सरकारले छलफल गराउनु पर्छ ।’ सबै भन्दा बढि कर तिर्ने व्यवसायी तथा उद्यमीहरु मारमा परेको बेला स्थानिय सरकारले ति समस्या न्युनिकरणका लागि सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन् । संघका निवर्तमान अध्यक्ष एवं महासंघका सचिव चन्द्रलाल न्यौपानले बुंदागत रुपमा राखिएको विषयवस्तुलाई प्रस्ट पार्दै व्यवसाय सञ्चालकहरुलाई पनि अनुदानको व्यवस्था गर्नु पर्ने माग राखेका थिए ।
सम्बन्धित पालिकासंग सम्पर्क समन्वय बढानुपर्छ ः मेयर
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले होटल व्यवासायीहरुले आफ्नो सम्बन्धित पालिकामा सम्पर्क समन्वय बढाउदैं लैजानु पर्ने बताए । ‘तिन तहको सरकार भएपनि कमिला देखि हात्ति सम्मले आशा गर्ने भनेकै स्थानीय सरकार हो ।’ मेयर रोका क्षेत्रीले भने–‘हिजोका दिनमा बाटोघाटो, पुल, पानी लगायतका भौतिक निर्माणमा मात्रै रकम खर्चेका थियौं ।’ अबका दिनहरुमा उत्पादनशील तथा व्यवसायहरु तर्फ ध्यान दिन अलि बढि ध्यान दिनु पर्न उनले बताए । कोरोना नियन्त्रणका लागि मात्रै करिव दुई ढाइ करोड बजेट खर्च भएको बताउदै यस वर्ष अन्य क्षेत्रमा खासै ध्यान नपुगेको उनले बताए । आर्थिक अभावका कारण व्यवसाय फस्टाउन नसकेकाहरुलाई स्थानिय सरकारले बैंकसंग सहजीकरण गरि सहुिलयत ऋण व्यवस्थाका लायि सहज वातावरण मिलाउने उनको भनाइ छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर रोका क्षेत्रीले कोरोनाका कारण रोजगार गुमाएर आर्थिक रुपमा कमजोर तर, केही सीप सहित विदेशबाट आएका व्यक्तिहरुलाई सहुलियत ऋण दिने व्यवस्था गरिएको समेत जानकारी दिए । सोही कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले संघले प्रस्तुत गरेका केही ऐजेण्डाहरु समय ढिलो भएका कारण अहिले सम्बोधन गर्न नसकिने बताइन । संघ सरकारले नीतिगत रुपमा ल्याएका कुराहरुलाई अनुसरण गर्ने बताउदैं व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन । ‘हामीसंग भएको सिमित स्रोत र साधनले जनताका असिमित आवश्यकता तथा आँकाक्षाहरु पुरा गर्ने जटिल परस्थितिमा स्थानिय सरकार छ’ उपप्रमुख आचार्यले भनिन्–‘तपाईहरुको यि ऐजेण्डा सुरक्षित तरिकाले नगरपालिमा पेश गर्नेछु ।’ विश्व कै अर्थतन्त्र धरासायीमा परेको बेला सबै क्षेत्रका व्यवसायीलाई उत्तिकै क्षति भएको उनले बताईन । अन्तरक्रियामा सहभागी अन्य पालिकाका जनप्रतिनिधिले पनि संघले राखेको मागहरुलाई पालिकाबाट सक्दो सम्बोधन गर्ने बताएका छन् ।
संघका बरिष्ठ उपाध्यक्ष जुद्ध बहादुर कुंवरको स्वागत मनतव्यसंगै सुरु भएको कार्यक्रम महासचिव बसन्त भण्डारीले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top