शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

‘गाउँ नै तरकारी खेतिप्रति आक्रषित’ मोटरबाटालाई उत्पादनसंग जोडिदैं धनबाङवासी


राधिका भुसाल
प्यूठान । स्वर्गद्धारी नगरपालिका २ धनबाङ बस्तीलाई समेट्दै मोटरबाटो पुगेपछि स्थानियवासी खुसी भएका छन् ।
भिंग्री– बाटुले हुंदै धनबाङ गाउँ सम्म सडक पुगेपछि धनबाङवासीहरु कृषि तथा तरकारी खेति तर्फ व्यवसायीक ढंगले जोडिन थालेको स्थानियले बताउछन् । सात किलोमिटर पाँच सय मिटर सडक कार्य सम्पन्न भएको स्थानिय तुकमान रोकाले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएपछि टेन्टर मार्फत बाटो निर्माण गरिएको उनले बताए । ‘सुरुमा ५० लाख मध्ये २३ लाखमा काम भयो, फेरि बचेको २७ लाखलाई टेन्डर गर्दा १३ लाखमै काम सम्पन्न भएको थियो’, उनले भने–‘टेन्डर गरेर बाटो बनाउदा कम बजेटमै काम भएको छ ५० लाख मध्ये ९ लाख रकम बचेको थियो अब त्यो फ्रिज हुन्छ ।’ अहिले नै ट्रयाक खालेको हुंदा पहिरो जाने समस्या देखिएको बताउदैं नगरपालिकाले समय समयमा बाटो सफा गरिदिनु पर्ने धनबाङवासीको माग छ ।
बर्षतको समयमा पानी झरि पर्नेर खोलामा पानीको मात्रा बढ्ने हुंदा बाटोको विभिन्न ठाउँहरुका होमपाइप राख्नु पर्ने, तारजाली लगाउनु पर्ने, मोटरबाटोलाई नियमित सञ्चालन गर्न नाला बनाउने जस्ता काममा नगरपालिकाले सहयोग गर्नु पर्ने उनीहरुको मागछ । धनवाङगाउँ जाने बाटो धनबाङ खोलाको किनारै किनार बनाइएको छ ।
दुरीको हिसावले धनबाङबाट स्वर्गद्धारी हुंदै भिंग्री जानु अत्यन्तै लामो हुने हुंदा धनबाङवासीहरु जगंलकै गोरेटोबाट मार्फत भिंग्री जाने गरेको बताउछन् । ‘जंगलको गोरेटोबाटो एक्लै हिड्न पर्दा निकै डर लाग्ने गथ्र्यो ।’ स्थानियवासी सुमा पोख्रेलले भनिन’– अब बाटो बन्यो नियमित एउटा गाडी चल्ने हामीले उत्पादन गरेका बस्तुहरुलाई बजारसम्म पु¥याउन सहज हुने थियो ।’ स्थानिय महिलाहरु आय आर्जनमा जोडिनका लागि अगरबत्ती बनाउने तथा तरकारी खेती गर्न थालेको हुंदा यो बाटोलाई नियमित सञ्चालन गराएका धनबाङवासीले उत्पादन गरेको सबै बस्तुले राम्रो बजार पाउने उनले बताइन । त्यसैगरी धनबाङ सञ्चालन गरिएको समुदायीक होमस्टेमा पहुनाहरु तान्न सहज हुने उनीहरु बताउछन् । स्वर्गद्धारी नगरपालिकाले एक वडा एक नमुना सडकको कार्याक्रमबाटबाट २० लाख बजेट विनियोजन गरि धनबाङमा सडक बनाएकोे नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए ।
सरसफाईमा जिल्लाकै नमुना धनबाङ गाउँ सडकको पहुँचबाट अहिलेसम्म टाढा रहेको तरकारी व्यवसायी विर बहादुर पुनले बताए । मोटरबाटो निर्माणले धनबाङमा उत्पादन बस्तुहरु सहज रुपमा बजार पु¥याउन सकिने बताउदैं स्थानिय सरकारले बाटो स्तरउन्नती गर्नु पर्ने बताए । साविकको स्वर्गद्धारी गाविस वडा नं. १ धनबाङ खुल्ला दिशा मुक्त तथा पूर्ण आनिवानी परिवर्तनमा सम्पूर्ण सुचकहरुहरु पुरा गरि पहिलो वडाको रुपमा घोषणा भएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top