शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

होटल व्यवसायी संघद्धारा स्थानिय सरकारलाई ज्ञापन पत्र


राधिका भुसाल
प्यूठान । होटल व्यवसायी संघ प्यूठान शाखाले आइतवार प्यूठानका सबै स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गञ्ज बहादुर थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्लाका नौ वटै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको संघले जनाएको छ । विश्वव्यापी फौलिएको कोरोना भाइरसको माहावारीलाई नियन्त्रण गर्ने उदेश्यले गत चैत्र ११ गते देखि बन्दाबन्दीको पुर्ण पालना गरेको प्यूठानका होटल व्यवसायीको परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष गञ्ज बहादुर थापाले बताए ।
संघले बुझाएको ज्ञापन पत्रमा घरभाडा, विद्युत पानी महसुलमा पुर्ण छुटको व्यवस्था मिलाउने, बैंक व्याज तथा किस्ता समायोजनको व्यवस्था मिलाउने, होटल तथा पर्यटन व्यवसायीलाई सहुलियत व्याजको ऋणलाई कार्यान्वयनमा ल्याउने र अनुदानको व्यवस्था मिलाउने, निशुल्क नविकरणको व्यवस्था गर्ने, होटल तथा पर्यटन क्षेत्रका कामदारहरुलाई व्यवस्थापन पर्ने लगाएका मागहरु बुदागत रुपमा राखिएको छ ।
सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको निर्णय अनुसार होटल तथा पर्यटन क्षेत्रमा व्यवसायीहरुले निकै ठुलो जोहो गरि थप लगानी गरेको अवस्था र हाल कोरोना भाइरसको कारण व्यवसायीको ठुलो क्षति भएको स्थानिय सरकारबाट मागहरु कार्यन्वयनमा ल्याउन अनुरोध गरेको ज्ञापन पत्रका उल्लेख छ । जिल्लामा ठुला साना गरि करिब ६ सय ५० वटा होटलहरु सञ्चालनमा थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top