आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

दिपकद्धारा प्रहरीलाई ७० थान एननाइन्टी फाइप मास्क सहयोग


राधिका भुसाल
प्यूठान । युवा समाजसेवी व्यक्तित्व दिपक केसीले जिल्ला प्रहरी कार्यालय प्यूठानमा पुगेर ७० थान एन नाइन्टी फाइप मास्क सहयोग गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा दिनरात खटिएका राष्ट्रसेवक (रक्षक) प्रहरीको थप सुरक्षाको लागि मास्क सहयोग गरेको केसीले बताए । ‘जनतासंग प्रहरीहरु प्रत्यक्ष सम्पर्क रहने हुंदा उनीहरु अलि बढि जोखिममा छन्’– माण्डवी गाउँपालिका १ थक्लेनी निवासी केसीले भने–‘मेरो सानो सहयोगले केही हौसला मिलोस् भनेर प्रहरीलाई नै मास्क दिएको हुं ।’ सहयोगी निकायहरुले स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी लगायतका व्यक्तिहरु जनतासंग प्रत्यक्ष सम्पर्क रहने भएकोले पहिलो प्रथमिकतामा राख्नु पर्ने समेत उनले बताए ।
केसीले यस भन्दा अगाडि माण्डवी ग्रामीण विकास संस्था प्यूठानलाई करिब १८ सय मास्क सहयोग गरेका थिए । संस्था मार्फत माण्डवी गाउँपालिकाको ५ वटै वडामा उक्त मास्कहरु वितरण गरेको संस्थाका अध्यक्ष लव कुमार अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top