शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

सिमलचौरका किसानलाई सिचाई कुलो बनाउने चटारो


राधिका भुसाल
प्यूठान । माण्डवी गाउँपालिका १ सिमलचौर प्यूठानका किसानरुलाई आफ्नो खेतबारी सिचाई गर्नका लागि सिचाई कुलो बनाउन चटारो परेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि मुलुक लकडाउन भएपनि उनीहरुलाई भने सिचाई कुलो कसरी सम्पन्न गरेर खेती गर्ने भन्ने चिन्ता रहेको बताउछन् ।
‘कोरोना भन्दै घर भित्रै बसेपछि खाद्यन्न कस्ले उब्जाइदिन्छर खाने हो’ स्थानिय टिकाराम थापाले भने–‘खेतबारी प्रशस्त छ खेतीपाती गरे पो खान पाइएला ।’आर्थिक वर्ष २०७६÷०७७ मा माण्डवी गाउँपालिकाबाट १ लाख ३० हजार बजेट विनियोजन भएपछि काम सुरु गरेको उनले बताए । ‘थोरै काम भएको थियो’–उपभोक्ता थापाले भने–‘खेतिपातीको सिजनमा लकडाउन भएपछि काम रोकिएको थियो पालिकासंग सल्लाह गरे पुनः सुचारु गरेका छौं ।’ काम सम्पन्न नभएपछि बजेट फ्रिज हुने निश्चित भएपछि उपभोक्ताहरु मिलेर सिचाई कुलो बनाउन थालेको थापाले बताए । धपखोलाको मुहानबाट पानी थुनेर लिएको सिचाई कुलोले २८ घरदुरी किसानहरु लाभाम्वित हुने अशोक थापाले बताए । लकडाउनको समयमा काम गर्न कुनै समस्या नरहेको उनले बताए । आफुहरुको लागि छुट्टाएको बजेट आफैले काम गरेर नाफाघाटा ब्यहोर्ने बताउदैं बाहिरको कुनै मान्छे नलगाएको उनीहरु बताउछन् ।
बिहानको समयमा घरधन्दा गरेर दिउसो १ बजेदखि साँझ ६ बजेसम्म सिचाई कुलो निर्माणका खटिएको सुसीला बोहोराले बताइन् । श्रीमान रोजगारीको लागि भारत गएको बताउदैं छोराछोरी र परिवारको लागि आफुले जस्तोसुकै दुख्खकष्ट पनि गरिरहेको बताइन । युवा पुरुषहरु रोजगारीको लागि बाह्य मुलुक गएको हुंदा कुलो निर्माणका अधिकांश महिलाहरु नै सहभागी थिए । स्थानिय २५ जनाले एकआपसमा सहकार्य गर्दै सिचाई कुलो निर्माण गरिरहेका थापाले बताए । लकडाउन भन्दै घरमै बसेपछि आफ्नो खेतीबारी बाँझो हुनेर भोकमरी आउन सक्ने सम्भावना बढेकोले किसानहरुले आफु सुरक्षित हुंदै नियमित कृषि कर्म गर्न उनीहरुले सुझाव समेत दिएका छन् । सिचाईको राम्रो सुविधा भएसंगै व्यवसायीक रुपमा खेतबारीमा मौसमी तथा बेमौसमी तरकारी फलाउने लक्ष्य लिएको उनीहरु बताउछन् । दिगो सिचाई सुविधान नहुदा हाल परम्परागत खेती प्रणालीमै निर्भर हुनु परेको अशोक थापा बताउछन् ।
यससंगै माण्डवी गाउँपालिकाका भित्रका साना ठुला गरि १७ वटा योजनाहरुको काम सुचारु भएको पालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top