आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

संक्रमण पुष्टि भएको ४८ घण्टासम्म क्वारेण्टाईनमै


नेत्र मरासिनी
अर्घाखाँची जेठ १४, अर्घाखाँचीमा गत सोमवार स्वाब परिक्षणपछि कोरोना भाईरस पुष्टि भएका २ जना संक्रमित ४८ घण्टा बितिसक्दा समेत क्वारेण्टाईन मै बस्न बाध्य भएका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं। ८ पालि कमला माविमा बनेको क्वारेण्टाईनमा बसेका २ जना पुरुषलाई सोमवार संक्रमण पुष्टि भएको थियो ।
जेठ २ गते भारतबाट आएका २ जना पुरुषमा कोरोना संक्रमित भएको भिम अस्पातल भैरहवाले पुष्टि गरेपनि संक्रमितहरुको थप उपचारका लागि कुनै पहल गरिएको छैन ।
संक्रमितलाई कोरोना उपचार केन्द्र दाङ्ग लैजाने भनिएपनी प्रशासन कार्यलय र गाउ पालीका बिच बिवाद भएपछि संक्रमित क्वारेण्टाईन मै बस्न बाध्य भएका हुन् ।
गाउ पालीका अध्यक्ष अच्युत गौतमले जिल्ला अस्पतालकै आइसुलेसनमा राख्नुपर्ने भनेपनी जिल्ला अस्पतालले उक्त कुरा अस्विकार गरेपछि जिल्ला प्रशासन कार्यलयले दाङ्ग लैजाने भनेको थियो भने गाउ पालीका अध्यक्षले जिल्ला अस्पतालकै आइसुलेसनमा राख्नुपर्ने अडान लिएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top