आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

युवानेता केसि र शर्माद्वारा डाक्टरलाई थर्मलगन सहयोग


 

बोम बहादुर परियार, प्युठान।
दुईजना युवा समाजसेवीले सोमबार डा.लेखराज सुवेदीलाई थर्मलगन हस्तान्तरण गरेका छन। कोरोना भाईरस संक्रमणबाट बच्न दुरी कायम राख्दै विरामीहरुको जाँच गर्न सहयोग पुर्याउने उदेश्यले समाजसेवी डाक्टर सुवेदीलाई युवानेताहरुले संयुक्तरुपमा थर्मलगन हस्तान्तरण गरेका हुन््।
प्युठान नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष तथा युवा नेता लिलाप जंग केसि र अर्का युवा नेता मान्डवी गाउँपालिकाका मधुर शर्माले डाक्टर सुवेदीलाई एक थान थर्मल गन हस्तान्तरण गरेका हुन्।
लामो समयदेखि प्युठान जुम्रीमा बस्दै बिरामिहरुको सेवा गर्दै आईरहेका समाजसेबि डाक्टर लेखराज सुवेदीलाई बिरामीहरुको ज्वरो नाप्नको लागी सहज होस भन्ने उदेश्यले उनको आफ्नै निबास प्युठान नगरपालिका वडा नं ४ टारी पुगि सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष एवं युवानेता केसिले बताए ।
बिरामीलाई नछोईकनै ज्वरो मापन गर्ने थर्मल गनको अहिले बजारमा अभाव रहेको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top