आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

एक महिने सुत्केरी र नौ महिने गर्भवती क्वारेन्टाइनमा, कोरोना मात्र होइन अन्य रोगले संक्रमित बन्न सक्ने चिन्ता


झइन्द्र भण्डारी
प्यूठान , स्वर्गद्वारी नगरपालिका वडा नम्बर २प्यूठानमा नौ महिनाकी गर्भवती सहित एक महिनाकी सुत्केरीलाई पनि क्वारेन्टाइनको अव्यवस्थित बसाईमा बस्न बाध्यता छ ।
गत ९ गते काठमाण्डौबाट प्यूठान आएका उनीहरू अहिले स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा विद्यालय क्वारेन्टाइनमा छन । बाल माध्यमिक विद्यालय अडेबासमा गर्भवती र जनता प्रा।बि नोसमा सुत्केरीलाई राखिएको छ ।
१७ वर्षीया अमृता घर्तीकी एक महिनाकी छोरी काखमा छिन । अहिलेसम्म नगरपालिकाका विभिन्न स्थानमा गरि क्वारेन्टाइनमा राखिएका १९२ जना नागरिक मध्य ४९ जनालाई स्वास्थ्य स्थिति जाच गरि घर पठाईएको छ भने १४३ जना अझै क्वारेन्टाइनको बसाइँमा छन । यी मध्य १२७ जना नागरिक त वडा नम्बर २ का दुईवटा विद्यालयमा छन । काठमाडौको इटाभट्टाबाट लिईएका काम गर्ने मजदुरहरू सबै वडा नम्बर २ का भएका हुनाले यहाँ संख्यात्मक रूपमा बढी भएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिनुभयो । नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले आज यी दुवै ठाउँका नागरिकहरूको स्वास्थ्य स्थिति सहित बसाइँ व्यवस्थापनको अनुगमन गर्नुभएको छ । स्वास्थ्यकर्मि , सुरक्षाकर्मीलाई साथमा लगेर नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री त्यहाँ पुगेको उहाँका स्वकीय सचीव रामेश पोख्रेलले बताउनु भयो । सबैको स्वास्थ्य स्थिती हाल सम्म राम्रो भएको तर बसाइँ व्यवस्थापन व्यवस्थित गराउन नसकिएको भन्दै नगर प्रमुखले अन्य रोगहरूले नै संक्रमित बन्न सक्ने स्थिति रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ,ू घुलमिलमा बसाइँ व्यवस्थापन भद्रगोल नै छ यो म स्वीकार्छु ।ू त्यसो त नहोस भन्ने प्रार्थना व्यक्त गर्दै नगरप्रमुख रोका क्षेत्रीले यदि कुनै एउटामा कारणबस कोरोना रहेछ भने त्यो नभएका अन्यलाई नि सर्न सक्ने प्रशस्त सम्भावना देखिएको बताउनु भयो । कोरोनामात्र होइन झाडापखाला जस्ता अन्य रोगले संक्रमित हुन्छन कि भन्ने चिन्ता लागेको बताउदै क्षेत्रीले भन्नुभयो ,ू आज सुरक्षीत खानेपानीको व्यवस्थापन र खानाको व्यवस्थापन भएको छ । ू संवेदनशील अवस्थामा भएका सुत्केरी र गर्भवतीलाई त उनीहरूकै घरमा सुरक्षीत क्वारेन्टाइनमा राख्न सक्नु पर्छ कि भन्ने पत्रकारको प्रश्नको प्रतिक्रिया दिदै नगरप्रमुखले उनीहरूको परिवारनै क्वारेन्टाइनमा रहेका ले त्यो त सम्भावना नै नरहेको बताउनु भयो । गर्भवती महिलाको वैशाख १५ गते अन्तिम स्वास्थ जाच रहेकोले यो व्यवस्था क्वारेन्टाइनमै मिलाईएको उहाले बताउनु भयो । गर्भवतीको जेठ १५र१६ मा सुत्केरी हुने समय तोकीएको स्वास्थ्य संयोजक दल बहादुर के सीले जानकारी दिनु भयो । बसेका १२७ जनालाइ एक र एक एक थान माक्स हातधुने साबन पनि बितरण गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top