
प्यार अलि खाँन
ददेरीमा संचालित अस्थाई क्वारेन्टाइन स्थलसम्म आइपुगेका रोल्पालीहरुको उद्धारमा रोल्पा प्रशासनले नै चासो नदिएको पाईएको छ। प्यूठान तथा रोल्पा जिल्ला भित्रिने पैदल यात्रुहरुको व्यवस्थापनका लागि सीमावर्तीत सरुमारानी गाउँपालिकाको ददेरीमा जिल्ला विपद व्यवस्थापन समिति प्यूठानले अस्थायी क्वारेन्टाइन संचालनमा ल्याएको छ।
हालसम्म १ सय ३२ जना रोल्पालीहरु जिल्ला भित्रीन आएको अस्थायी क्वारेन्टाइन संचालन व्यवस्थापन समितिका अध्यक्ष एवं सरुमारानी गाउँपालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले जानकारी दिए। ‘आज मात्रै १७ जनालाई पठायौं।’ जिसीले भने, ‘साँझपख पुनः २२ जना रोल्पालीहरु नै थपिनु भएको छ।’ आफ्ना नागरिकको उद्धार तथा व्यवस्थापनमा रोल्पाका स्थानीय सरकारहरु जिम्मेवार नभएको जिसीले बताए। ५ दिन अघिबाट संचालित अस्थाई क्वारेन्टाइनबाट हालसम्म एक जना नागरिकको जिम्मेवारी रोल्पाले नलिएको जिसी बताउँछन् ।
‘रोल्पाका यात्रुहरुको व्यवस्थापनमा रोल्पाले नै चासो राखेको छैन् ।’ प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले भने, ‘हामीले भनेका छौं तर सुनुवाई नै हुँदैन।’ उता रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने १÷२ जना यात्रुहरुको उद्धारका लागि गाडी पठाउन नसकिने बताएका छन् । प्रजिअ ढकालले भने, ‘१० जना भन्दा बढी यात्रु भएमा हामी तत्काल व्यवस्थापन गर्छौं ।’
प्यूठान तथा रोल्पा घर आएका यात्रुहरुलाई खाजा पानीको व्यवस्थापन प्यूठान उधोग बाणिज्य संघले गर्दै आएको छ भने साँझ वा रातमा आउने पैदल यात्रुहरुलाई खाना तथा बासको समेत व्यवस्थापन गरिएको छ। प्यूठानका यात्रुहरुलाई सम्बन्धित पालिकाको पायक पर्ने स्थानसम्म पु¥याउन सिंगल क्याप बोलेरो पिकअप सवारी संचालनमा ल्याइएको छ। ‘थप एक वटा सवारी जिप जिल्लाले पठाएमा यात्रु ओसारपोसारमा केही सहज हुने थियो।’ जिसीले भने।
कमेन्ट गर्नुहोस !