आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

पुर्व गृहमन्त्री गौतमको पहलमा १० लाखको स्वास्थ्य सामाग्री


राधिका भुसाल
प्यूठान । प्युठानमा पुर्व गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको पहलमा १० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध भएको छ ।
विश्वव्यापी फैलिएको कोरोना रोकथामका लागि उपाध्यक्ष गौतमले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन । उनको पहलमा एक सय सेट पिपिई, १० हजार थान मास्क, एक हजार बोलत सेनिटाइजर, एक हजार थान ग्ल्बस र दुई हजार थान हेड क्याप्प उपलब्ध गराएको प्रदेश नं. ५ का प्रदेश कमिटि सदस्य एवं गौतमका स्वकीय सचिव विजय विराज विष्टले बताए । गौतमले गृह जिल्ला प्युठानमा पठाईदिएको उक्त स्वास्थ्य सामाग्रीहरु नेकपा जिल्ला कमिटि प्युठानले जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तारन्तण गर्ने समेत स्वकीय सचिव विष्टले जानकारी दिएका छन् ।
सोमबार बसेको नेकपा जिल्ला कमिटि बैठकले स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्रीहरु अभाव हुन नदिने, क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि पुस्तक, इन्टरनेट जस्ता सामाग्रीको पहुचमा राख्ने, नियमित रुपमा भेटघाट गर्दै उनीहरुलाई घरपरिवारबाट एक्लो भएको महसुश हुन नदिने र प्रशासन संग समन्वय गरेर खेतिकिसानी गर्ने किसानलाई कोरोना भाइसरबाट बच्चे उपाय उपनाउदै आफ्नो खेतिपाती गर्ने वातावरण मिलाउन पहल गर्ने निर्णय समेत गरेको विस्टले बताए । यससंगै विपन्न परिवार वितरण गरिएको राहत खासै प्रभावकारी नभएको भन्दै राहत वितरणको मापदण्ड बनाएर मात्र स्थानिय सरकारले राहत वितरण कार्य अगाडि बढाउनु पर्ने सुझाव समेत दिए ।
प्रदेश सभा सदस्य खड्काको पहलमा स्वास्थ्य सामग्री
५ नंम्बर प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले पनि आफ्नो समन्वयमा जिल्लामा स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । खड्काले थर्मल गन ३२ थान, पिपिई एक सय ३२ सेट, एन९५ मास्क चार सय ९० थान, लुज ग्लब्स एक हजार पाँच सय थान, दुई सय बोतल सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । काठमाण्डौमा रहेका विभिन्न संस्थाहरुसंग समन्वय गरेर जिल्लामा स्वास्थ्य सामग्री उपलब्ध गराएको खड्काका स्वकीय सचिव झविलाल श्रेष्ठले बताए । रोटरी क्लव ललितपुर भैसेपाटीका अध्यक्ष ईश्वर जिसीद्धारा दुई सय बोलत सेनीटाइजर र खड्कोले आफ्नो व्यक्तिगत रुपमा २ सय बोतल सेनिटाइजर उपलब्ध गराएको उनले बताए ।
त्यस्तै खड्काकै पहलमा खड्कको पहलमा स्वास्थ्य सेवा विभागबाट पिपिई ५ सेट, गाउन १० थान, एन ९५ मास्क ७ वटा, स्यानिटाईजर ५ बो ग्लोब्स २ सय थान, सर्जिकल मास्क एक हजार थान उपलब्ध गराइएको खड्का स्वाकीय सचिव झविलाल श्रेष्ठले जानकारी दिए । उक्त सामाग्री स्वास्थ्य कार्यालयलाई हस्तारन्तण गरी विभिन्न स्वास्थ्य चौकी तथा सुरक्षाकर्मीहरु समक्ष पु¥याइने समेत उनले बताए ।
यस्तै यस अघि प्रदेशसभा सदस्य खड्काले जिल्ला स्वास्थ्य कार्यालयमा दश सेट पिपिई र तीन हजार तीन सय मास्क उपलब्ध गराएका थिइ । उनको पहलमा एक नगरपालिका र पाँच गाउँपालिकामा उक्त सामाग्री उपलब्ध गराइएको थियो । जसमा प्युठान नगरपालिकामा दुई सय सेनिटाईजर र २० पिपिई उपलब्ध गराई नगर प्रमुख अर्जुन कुमार कक्षपतिलाई शनिवार हस्तान्त्रण गरिएको हो । यस्तै झिमरुक गाउँपालिका, मल्लारानी गाउँपालिका, ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका र नौवहिनी गाउँपालिकालाई दश÷दश पिपिई र एक÷एक सय पिस मास्क हस्तान्त्रण गरेका थिए ।
त्यसगरी जिल्लामा केही समय अगाडि पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेलमैदान विजुवारमा ५० बेडको क्वारेन्टाइन निर्माण सामग्री उपलब्ध गराएकी थिइन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top