आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानमा ६५ जनाको ¥यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


राधिका भुसाल
प्यूठान । प्यूठान जिल्लामा बुधबार सम्म ६५ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को शंकास्पद व्यक्ति तथा बाह्य मुलुकबाट आएका व्यक्तिहरुको ¥यापिड टेस्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
प्यूठानमा चैत्र ३० गते स्वर्गद्धारी नगरपालिकाको क्वारेन्टाइन स्थाल देखि (आरडिटी) परिक्षण सुरु भए गरिएको थियो । स्वर्गद्वारी नगरपालिका वार्ड न. २ अढेबास स्कुल र वार्ड न. ४ बाजिपुर स्कुलको क्वारेन्टाईन स्थलमा रहेका २३ जना र झुपाकोट स्कुल सोत्रेको क्वारेन्टाइनमा रहेका ११ जना गरी ३४ जनाको ¥यापिड जाँच स्वास्थ्य प्रमुख सुवेदीले बताए । ऐरावती गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २६ जना को ¥यापिड टेस्ट पनि नेगेटिभ आएको छ भने शुक्रबार माण्डवी गाउँपालिका ३ देविस्थानमा क्वारेन्टाइनमा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएसंगै प्यूठानमा ¥यापिड टेस्ट गरिएका ६५ जनामा कोरोना नभएको पुष्टि भएको हो । उनीहरु सवैजना बैदेशिक मुलबाट आएका स्थानियवासी थिए । ति सबैलाई जनलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाएको समेत सम्बन्धित पालिकाले जनाकारी दिएका छ । सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिइ घर पठाइएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए ।
वाह्य मुलुकबाट आएका जिल्लावासीहरु ३ हजार १ सय ६२ जनाको अभिलेख राखिसकेको र केही समस्या आएमा पहिलो चरणको उपचार स्थानिय स्वास्थ्य संस्थाले गर्ने गरेको बताउदैं जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले भने–‘हालसम्म कसैलाई त्यस्तो लक्षण देखिएको छैन ।’ बाह्य मुलुकबाट आएका जिल्लावासीसंगै नियमित सम्पर्कमा रहेको समेत उनले जनाकारी दिए ।
गौमुखी पालिका उपाध्यक्ष क्वारेन्टाइनमा


गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार क्वारेन्टाइनमा बसेकी छन् । विहिवार काठमाण्डौ बााट घर आएकी उनलाई गौमुखी गाउँपालिका ५ स्थित पूर्ण प्राथमिक विद्यालय सालीविसौनाको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । उपाध्यक्ष सुनार दाङको भालुवाङसम्म रिर्जव गाडी र त्यसपछि आफ्नै गाउँपालिकाको गाडी मार्फत प्यूठान आएकी थिइन । उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने अध्यक्ष गिरीले जानकारी दिए । उपाध्यक्ष सहित क्वारेन्टाइनमा चार जना बसेको अध्यक्ष गिरीले बताए । समयावधि पुगेपछि दाङ मौरीघाटका पाँच जनालाई बुधवार घर पठाइएको छ ।
१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको दु्रत परिक्षण (आरडिटी) चेक गरिने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । आरडिटीमा पोजेटिभ रिपोर्ट आएमा थप चेकजाँचका लागि पठाइने र नेगेटिभ रिपोर्ट आएमा घर पठाइने गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top