
झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा निवासी अशक्त केदार रोकाको आवास निर्माणको लागि सोही गाउँका युवा हिमाल पुनले रू १० हजार सहयोग गर्ने भएका छन ।
हाल जापानमा रहेका हिमाल पुनले आफ्नै गाउका नागरिकको त्यो दयनीय स्थिति देख्न नसकेर केदार रोकाले बाँसले बारेर निर्माण सुरू गरेको र बिरामी पर्दा अलपत्र परेको झुपडी निर्माण कार्यलाई पूर्णता दिनको लागि म्यासेज मार्फत रू १० हजार सहयोग गर्ने जानकारी दिएका छन ।
आफू केदार रोकाको संकटको सहयात्री बन्ने अठोट लिदै हिमालले आफ्नै समुदायमा रहेका यस्ता विपन्न तथा अशक्त वर्गको सहयात्री बन्न सोही समुदायका युवा , राजनैतिक दल , जनप्रतिनिधि तथा समाजसेवीहरूलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने मनसायले घर निर्माण कार्यमा हातेमालो गर्ने बिचारका धनी हिमालले यो सानो सहयोग गरेको बताए ।
यस्तै गरेर अन्य युवा व्यवसायी जागिरे बुद्धिजीवी वर्गलाई सहयोग गरि केदारको घर पूर्णतामा हातेमालो गर्न समेत सबैलाई अनुरोध गरेका छन ।
अन्य सहयोग गर्ने व्यक्ति, संघसंस्थाहरुबाट आफुलाई सहयोग आउने अपेक्षा रहेको रोकोले बताए ।
कमेन्ट गर्नुहोस !