
सागर रिजाल
प्युठान, २७ चैत ।
कालिका विकास केन्द्र नेपालद्धारा ऐरावती गाउँपालिकामा सञ्चालित दिगो तथा मर्यादित आर्थिक, सामाजिक, सशक्तीकरण कार्यक्रम मार्फत क्वारेन्टाईन व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड १९ को संक्रमण बढेको अवस्थामा पालिकाले निर्माण गरेको क्वारेन्टाईन व्वस्थापनका लागि आवश्यक सामाग्री संगै स्वास्थ्यकर्मीहरु सुरक्षित हुनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
ऐरावती गाउँपालिकाका ६ वटै माध्यामिक विद्यालय र वडा नं १ को जुडा संगै वडा २को रानीवास विद्यालयमा क्वारेन्टाईन निर्माण गरिएको छ । कालिका मार्फत पिपिई २० सेट, डिजिटल थर्मोमिटर २५ वटा, नन डिजिटल थर्मोमिटर २४ वटा, सेनिटाईजर ५ सय एमएलको २५ वटा र २ सय एमएलको ४८ वटा , डेटोल हात धुने २५ वटा सर्जिकल मास्क ४ सय वटा, सर्जिकल ग्लोब्स ५ सय वटा गरेर तीन लाख ५० हजार बरावरको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीको उपयोगका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको संस्थाका कार्यक्रम संयोजक सरोज श्रेष्ठले बताउनुभयो ।त्यस्तै क्वारेन्टाईन व्यवस्थापनका लागि ब्लाङकेट , तन्ना, सिरानी, झुल ८५÷८५ थान हस्तान्तरण गरिएको छ भने कार्पेट ८० थान र पिम्याट ५० थान हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । पालिका भित्र रहेका क्वारेनटाईमा बस्ने व्यक्तिहरुका लागि स्वास्थ्य सेवामा सहज होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको बताईएको छ । ऐरावतीका तीन वटा क्वारेन्टाईनमा हाँल ३१ जना बसेका छन् ।

सचेतनाका लागि चार लाख ३५ हजार बजेट
जिल्लाका नौ वटा स्थानिय तहमध्ये ऐरावती गाउँपालिकालाई मात्र सञ्चालित दिगो तथा मर्यादित आर्थिक, सामाजिक, सशक्तीकरण कार्यक्रम मार्फत संस्थाले सचेतनाका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ । कोभिड १९ रोकथामका लागि लकडाउन पूर्वका समयमा पनि प्रत्येक बस्तीमा पुगी केहि क्षेत्रमा सचेतनाका कार्यक्रम गरिएको र लकडाउन खुले पश्चात पनि सचेतनाका कार्यक्रम संगै मास्क, सेनेटाईजर वितरण गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । हात धुन सिकाउने, कति दुरी टाढा रहने भन्नेवारेमा जानकारि गराउने र बिदेशबाट आएकालाई घरमै क्वारेनटाईनमा बस्ने आग्रह गरिएको छ । ऐरावती क्षेत्रका ६ वटै वडामा सचेतनाका कार्यक्रम गर्नका लागि संस्थाले सचेतनाका लागि चार लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।
क्वारेन्टाईनमा ईन्टरनेट
मोति माध्यामिक विद्यालय बरौलाको क्वारेन्टाईनमा बसेका १६ जना व्यक्तिलाई लक्षित गरेर ईन्टरनेट जडान गरिएको छ । क्वारेन्टाईनमा बसेका व्यक्तिको सहजताका लागि ईन्फोनेट प्रालि का प्रबन्धक लिल बहादुर गुरुङको सहयोगमा ईन्टरनेट जडान गरिएको हो ।
कमेन्ट गर्नुहोस !