शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

वित्तीय संस्थाद्वारा विपद् कोषमा ५० हजार सहयोग


झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले कोरोना भाइरसको रोकथाम तथा लकडाउनको समयमा नगरबासीलाई आइपर्ने संकटको मध्यनजर गर्दै समाधानको लागि खडा गरेको कोरना सङ्क्रमण,रोकथाम, नियन्त्रण,तथा उपचार कोषमा महिला सामूदायिक लघुवित्त वित्तीय संस्थाले रू ५० हजार दिएर सहयोग गरेको छ ।
नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीलाई नगद हस्तान्तरण गर्दै संस्थाका प्यूठान जिल्ला संयोजक मधुसूदन थापाले संस्थाले दिएको रकम लकडाउनको समयमा विपन्न मजदुरहरूलाई परेको खाद्य तथा अन्य संकटको निराकरण गर्नको लागि अनुरोध गरेका छन । प्यूठान जिल्लाको सम्पूर्ण स्थानीय तहहरूमा सहयोग गर्ने संयोजक थापाले जानकारी दिए । नगद ग्रहण गर्दै नगर प्रमुख रोका क्षेत्रीले संस्थालाई विशेष धन्यवाद दिदै यो संकटको घडीमा हातेमालो गरेकोमा आभार व्यक्त गरेका थिए । यस कोषमा नगरपालिकाले कार्यलयबाट २० लाख रूपैयाँ जम्मा गरिसकेको छ । एकद्वार प्राणीले बाट प्याकेजमा राहत वितरण गरिने भन्दै नगरप्रमुख रोका क्षेत्रीले आपतको समयमा सहयोग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूलाई नगरपालिकासङ्ग हातेमालो गर्न आग्रह समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top