शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

राहत बोकेर सुरेश नन्देको घरमा पुगेपछि चुलो बोल्यो


झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ तापा प्यूठान निबासी शिक्षक तथा समाजसेवी सुरेश नेपालीले आफैले राहत बोकेर विपन्न परिवारलाई संकटबाट जोगाउन हिडेका छन ।
कोरोना भाइरसको संक्रमणबाट राष्ट्रलाई सुरक्षीत राख्न नेपाल सरकारको लकडाउन कार्यक्रमका बेला बिहान मजदुरी घरी साझ घरमा चुलो बालेर हातमुख जोर्ने मजदुर तथा विपन्न वर्गहरू यतिबेला संकटको घडीमा छन । ञमजदुरी गर्नलाई काम छैन काम नभए हातमुख जोर्नलाई दाम छैन । यस्तो संकट मजदुरहरूलाई आईपरेको छ ।
यसै अवस्थामा शिक्षक सुरेश नेपाली त्यस्ता विपन्न परिवारको खोजिमा छन । “सबैको अवस्था एउटै हो कोहि भोकले मर्नु हुदैन ।” उनको बिचार छ । उनले भन्छन, “यस्ता संकटमा परेका परिवार तथा नागरिकहरूलाई म सकेसम्म सहयोग गर्न चाहान्छु ।“
यसै अन्तर्गत सुरेशले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ पल्ला सोत्रे निबासी ६६ वर्षिया वृद्ध नन्दे कामीको परिवारमा यस्तो संकट परेको खबर पाउने बित्तिकै राहत स्वरूप खाद्य सामाग्री बोकेर वडा सदस्यसङ्गै युवाको साथमा त्यहा पुगेका हुन ।
नन्देकी श्रीमती भारतमा हराएको करिब १० वर्ष भयो । अहिले उनको घरमा आफूसहित २ छोरी छन । ३ जना सदस्य रहेको उक्त परिवारमा १७ वर्षीय घरमा रहेकी ठुली छोरी दुर्गा बि. क.ले पढाई छोडेर दैनिक ज्याला मजदुरी गरि आफ्नो परिवारको समस्या गुजारेकी छिन । उनी अहिले कुनै काम नपाएर घरमै छिन । खाद्य सामाग्री घरमा अलिकति चामल बाहेक अरू केही छैन । किन्नको लागि पनि पैसा छैन । स्थानीय व्यापारी कमल कार्कीले पछि तिर्ने गरि उधारो त दिन्छन तर उनीहरूलाई त्यहाँ भन्न जान पनि अफ्ट्यारो महसुस भएको छ किनकि पहिलेको करिब ९र१० हजार तिर्न त्यहा बाकी नै छ तै पनि कार्कीले केही भन्दैन लगातार दिन्छन । दुर्गाले भिङ्ग्री स्वर्गद्वारी सडक खण्ड पिच गर्ने काम अन्तर्गत २ महिना लगातार मजदुरी गरिन तर उनको पारिश्रमिक नदिएरै ठेकेदार भागेको उनको गुनासो छ । काम छैन , घरमा पैसा पनि छैन खाद्यान्न पनि छैन ।
परिवारको जिम्मेवारी र बहिनी सुनिताको पढाईको जिम्मेवारी उनको काधमा छ ।
यहि खबर पत्रकारबाट जानकारी पाए लगत्तै सुरेश उनकै घरमा गएर राहत स्वरूप २ बोरा चामल , २ पोका नुन , ४ पोका तेल, २ किलो दाल, २ वटा नुहाउने साबुन, २ वटा लुगा धुने साबुन र माक्स समेत गरि खाद्य र कोरोनाबाट सुरक्षा सामाग्री वितरण गरेका हुन । सुरेशले यस्तो पहिचान भएका अन्य परिवारलाई पनि सक्दो सहयोग गर्ने बताएका छन । स्वर्गद्वारी नगरपालिकाले पनि विपन्न परिवारलाई प्याकेजमा राहत वितरण कार्यक्रम लिएको छ । नगरपालिकाले पनि खाद्य सामाग्री वितरण गर्दै छ त्यो राहत यस्ता सम्पूर्ण परिवरले पाउने कुरामा हामी पत्रकार टोली ढुक्क छौं । यो संकटको घडीमा कोहि भोकै मर्नु पर्ने छैन । आउनुहोस् नगरपालिकासङ्ग हातेमालो गर्दै अगाडि बढौ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top