
प्यार अलि खाँन
प्युठान,१९ चैत ।
यूवा समाजसेवी दिपक केसी(थक्लेनी) ले मुस्लिम समुदायलाई मास्क वितरण गर्नुभएको छ । नेपाली काग्रेस प्युठानका यूवा नेता समेत रहनुभएका केसीले सरुमारानी गाउँपालिका वडा नं १ बाङ्गेसालमा रहेको मियाँ टोलमा पुगी मास्क वितरण गर्नुभएको हो ।
वडा सदस्य द्धय जिब्राईल मिया, जितमान मियाँ, फैजुल ईस्लाम, मदरसाका अध्यक्ष कालु मियाँलाई सयुक्त रुपमा मास्क प्रदान गरेको केसीले बताउनुभयो । करिब ७० घरधुरी संख्या रहेको बस्तीमा व्यक्तिगत रुपमा मास्क वितरण गर्नु सराहनीय कार्य भएको वडासदस्यद्धयहरुले प्रतिक्रिया दिए ।
को हुन केसी?
भलिबलका पर्याबाची भनेर चिनिने केसी पूर्व क्षेत्रीय खेलाडी समेत हुन् । केसी परिवारले लामो समय प्युठानको थक्लेनीमा खाद्य किराना तथा कपडा फेन्सीको कारोबार गरेको थियो । हाल दाङ्गको लमहीमा बसोबास गरेका केसीले अध्ययनको शिलशिलामा १ वर्ष चाईना बिताएका केसी थप ४ वर्ष हङकङ बसेका थिए ।
भलिबलखेलको विकासमा केसीको ठूलो योगदान रहेको जिल्लामा खेलकुद जानकारहरु बताउछन् । खेल क्षेत्रको विकाससंगै सामाजिक क्षेत्रमा पछिल्लो समय उनको सक्रियता सहाहनीय रहेको केसीलाई जान्ने चिन्नेहरुले बताएका छन् ।
जिल्लाभरका यूवा पुस्ताले चिनेका केसी प्युठानका लोकप्रिय यूवा नेतृत्वको रुपमा चिनिन्छन् । केसी नेपाली काग्रेस निकट तरुणदलका जिल्ला सदस्य समेत हुन् । भावी जिल्ला अध्यक्षको रुपमा उनलाई हेरिएको तरुणदलका जिल्ला सदस्यहरु बताउछन् ।
कमेन्ट गर्नुहोस !