
प्यूठान । विश्वव्यापी फौलिएको कोरोना भाइरस कोभिड– १९ का कारण यतिबेला मुलुक नै लकडाउनमा छ । लकडाउन भएपछि प्युठान जिल्लामा अत्याबश्यक बस्तु आयात ठप्प छ । मुलुक लकडाउन भएको छैठौ दिन सम्ममा जिल्लामा औषधी घट्दो अवस्थामा छ । १९ रोकथाम र नियन्त्रणका लागि यतिबेला प्यूठानका नौ वटै स्थानिय तहहरुले आफ्नो तयारी तिव्र पारेका छन् ।
हाल जिल्लामा औषधी स्टक नरहेपनि टेण्डर गरेको औषधी आएमा औषधीको कुनै पनि अभाव नहुने औषधी व्यवसायी संघ प्युठानका कोषाध्यक्ष खिमप्रशाद पार्धेले बताए ।
जिल्लाका थोक औषधी पसल तथा स्वास्थ्य संस्थाहरुमा हालको अवस्थामा ऐन्टिवायोटीक तथा दिर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधीको अभाव रहेको उनका भनाइ छ । केही मात्रामा पहिलेको औषधी खपत रहेको र टेण्डर गरेको औषधी लकडाउनका कारण जिल्ला भित्रिन नसकेको कोषाध्यक्ष पार्धेले बताए ।
‘सुगरका रोगीहरुका लागि चाहिने मेटफरविन नामक औषधी पनि केहि समय यता अभाव भएको छ उनले भने–‘लकडाउन भएको अवस्थामा वुटवल मार्फत जिल्ला आउने औषधी आउन सकेको छैन ।’ यस्तै प्रेसर, सुगर, तथा दिर्घरोगिहरुका लागि हाल औषधी अभावका कारण समस्या भएको पार्धेले बताए । निशुल्क रुपमा पाईने ७० प्रकारका औषधी भने पर्याप्त मात्रामा रहेको समेत जानकारी गराएका छन् । साथै आफुर्तिका लागि टेण्डर प्रक्रियाको काम पनि भईरहेसकेको हुँनाले पुन औषधी आउने पार्धेले बताए । प्युठान मार्फत रोल्पा जिल्लाका थोक औषधी पसल तथा स्वास्थ्य कार्यालयमा समेत जाने गरेको छ ।
उनको अनुसार ः हालको समयमा केहि समस्या नभए पनि औषधी तत्काल ल्याउने विषयमा पहल भईरहेको छ । अभाव रहेका औषधी आवश्यक रहेका कारण केहि दिन पहिले नै जिल्लामा आईपुग्ने औषधी लकडाउनका कारण आईनपुगेको औषधी व्यवसायी संघ प्युठानका कोषाध्यक्ष पार्धेको भनाइ छ । जिल्लामा ४२ वटा फार्मेसीहरु दर्ता भएता पनि ३८ वटाले मात्रै नविकरण गरेको र जम्माजम्मी करिब २ सय जति फार्मेसीहरु सञ्चालनमा रहेको समेत उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !