शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्युठानका गाउहरुमा दैलो खनेर माटोको टीका लगाएपछि कोरोना नलाग्ने भ्रम फैलदैं


बिमल प्रसाद पोख्रेल,प्युठान।

बिश्वभर कोराना भाईरसको महामारी छ। कोरोनाले हजारौको ज्यान लिईसकेको भने लाखौ जनता संक्रमित छन। तर,स्वास्थ्य बिज्ञानले समेत अझै सम्म पुर्ण रुपमा निको हुने औषधी पत्ता लगाउन सकेको छैन ।
कोरोनाको सन्त्रासका बिच प्युठानका गाउँहरुमा भने अहिले दैलो खनेर माटोको टीका लगाएपछि कोरोना नलाग्ने भ्रम फैलन थालेको छ। प्युठानको झिमरुक गाउपालिका ५ ओखरकोटका बस्तिहरुमा घरको मुल ढोका अगाडि बलेनी खस्ने ठाउमा ठुला ठुला प्वाल पार्द‌ै माटो निकालेर स्थानियले निधारमा घस्न थालेका हुन।महामारिको यो घडिमा सुरक्षित रहनुको साटो स्थानियहरु हल्ला फिजाउदै घर खनेर माटो निधारमा घस्न थालेको स्थानिय युवा दलबहादुर जि सिले बताउनुभयो ।

उहाका अनुसार झिमरुक गाउपालिका भित्रका धेरै जसो गाउँहरुमा यस्तो नचाहिदो भ्रम फिजिएपछी भारत र तेस्रो मुलुकबाट घर फर्किएकाहरु पनि क्वारेन्टाइनमा नबसेर लखर लखर गाउमा हिडिरहेका छन। गाउपालिका अध्यक्ष तिलक बहादुर जि सिले उनिहरुलाई क्वारेन्टाईनमा बसाल्ने प्रयास गरिए पनि नसकिएको बताउनुभयो। ुक्वारेन्टाइनमा बस्न भन्यौं,ु उहाले भन्नुभयो,ु जति भने पनि सुन्दैन्न न प्रशासनलाई टेर्छन नत जनप्रतिनिधिलाई ।झिमरुकमा भारतबाट आएका स्थानियहरु खुलेयाम हिडिरहेकाहरुलाई छिट्टै क्वारेन्टाईनमा राख्न सकिएन भने ठुलो बिकराल स्थिती आउन सक्ने तर्फ सचेत हुनुपर्ने झिमरुक १ का वडा अध्यक्ष धुर्बराज खनालले सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top