
राधिका भुसाल
प्यूठान । अरुलाई अरुको रन्को घर ज्वाईलाई ……..झै मुलुक लकडाउन भइरहेको बेला हाम्रा बिदेश भूमीबाट भित्रिएका लाहुरे दाईहरु भने घर गाउँ फन्को मार्ने गतिबिधिमा संलग्न भएपछि कोरोना संक्रमणको भय झन बढेर गएको छ ।
कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यतिबेला प्यूठानका नौ वटै स्थानिय तहहरुले आफ्नो तयारी तिव्र पारेका छन् । तर, अहिले भारत लगायत छिमेकी मुलुकबाट आप्रवासीहरु गाउँमा छिरेका छन् । बस्ती बस्तीमा छन । घरघरमा छन । ती आप्रवासीहरु मेलापर्वमा घर रमाइलो गर्न आएको जस्तो बुझाइ पाइन्छ । सुरक्षाकर्मीको सक्रियतामा बजारीया क्षेत्र सुनसान छ । स्थानीय प्रहरी प्रशासनले आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकालाई संतोषजनक नै मान्नुपर्छ तथापी गाउँ गाउँका भट्टी पसलमा भिडभाड छ । जुवातासका खेल रमाइलो संग चलेका छन् । गाँउ घरका खानपिन र भेटभाट हेर्दा आराम र मनोरञ्जनका लागि सरकारले बिदा दिए जस्तो भएको छ । विदेशी भुमीबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र गाउँ पठाउने भनिएता पनि विदेशबाट आएका जति सिधै गाउँ जाने र आफन्त भेटघाट तथा घुमिफिरमै व्यस्त छन् । यता स्थानिय तहले आफ्नो पालिकामा बनाएका क्वारेन्टाइन भने रित्तै छन् । शहर भन्दै गाउँ असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा अशन्तुष्टि व्यक्त गर्नेको संख्या बढ्दै गएको पाइन्छ ।
विदेशीमुलुकबाट प्यूठान भित्रिए २५ सय नागरिक
प्यूठान जिल्लामा पछिल्लो केही समय यता अर्थात विभिन्न मुलुकमा कोरोना भाइरस फैलिएपछि करिब २ हजार ५ सय मानिस जिल्ला भित्रिएको पालिकाको तथ्यांकमा उल्लेख छ । सबै भन्दा धेरै स्वर्गद्धारी नगरपालिकामा ६ सय ९० जना आफ्नो गाउँ फर्किएका छन् । माण्डवी गाउँपालिकामा ५ सय ७० जना आएका छन् । त्यस्तै प्यूठान नगरपालिकामा ५ सय, ऐरावती गा.पा. मा २ सय ५०, सरुमारानी २ सय १३ जना भित्रिएको पालिका स्रोतले जानकारी दिएको छ ।
झिमरुक गाउँपालिका भने तथ्यांक संकलन गर्न बाँकी रहेको पालिका अध्यक्ष तिलक जिसीले बताए । ‘जनप्रतिनिधिहरुले तथ्यांक संकलन गर्दै छन्ं’– अध्यक्ष जिसीले भने–‘भारतबाट आएका केही युवाहरु अनुसाशनमा नबसेको गुनासो आएको छ त्यस विषयमा हामी छलफल गर्दैछौं ।’ गौमुखी गाउँ पालिकामा अहिले सम्म ४० जना विदेशी भुमिबाट आफ्नो गाउँ आएको पालिकाका प्रेस संयोजक जोगिन्द्र मल्लले जानकारी गाराएका छन् । उनीहरु नेपाल लकडाउन नहुदैं घर आइपुगेको हुनाले क्वारेन्टाइनमा नराखिएको समेत उनले बताए ।
त्यस्तै नौ बहिनी र मल्लरानी गाउँ पालिकामा विदेशी भुमिबाट केही मानिसहरु आफ्नो घर आएको र तथ्यांक संकलन गरिरहेको पालिका स्रोतले जानकारी गराएको छ । कोरोना भाइरसले आक्रमण गरेपछि उपचार गर्नु भन्दा संक्रमित हुनुबाट बचाउनु सरकारको मुख्य लक्ष्य हो । यसरी गाउँ आएका युवाहरु घुमफिर गर्दै हिड्न थालेपछि संक्रमित व्यक्तिबाट महामारी फैलिन कुनै समय लाग्ने छैन ।
स्वास्थ्य परिक्षण गरेको दावी गर्दै गाउँ घुम्छन् युवाहरु
प्यूठान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण भण्डारीका अनुसार पछिल्लो १२ यता ५५ जना मानिस भारतका विभिन्न ठाउँ र तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका छन् । धेरै जसो सेल्फ क्वारेन्टाइनमा बसेता पनि केही व्यक्तिहरुले आफुहरु स्वास्थ्य परिक्षण गरेर आएको र निरोगी भएको बताउदैं आफन्त भेट्दै हिड्ने गरेको वडा अध्यक्ष भण्डारीले बताए । घरमै बस्ने सल्लाह दिदां समेत उल्टै आफुलाई थर्काउने बताउदै शनिवार( भोली) माइकिङ गर्ने तयारी गरेको उनले जानकारी दिए ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले यदी कोही संक्रमित बाहिरबाट आएको भए गाउँ नै ध्वस्त बनाइसकेको बताए । विदेशीमुलबाट आफ्नो घर आएका सबै जनालाई अनिवार्य क्वारेन्टाएइन राखिनु पर्ने भएता पनि त्यसो नगर्दा ठुलो क्षति हुन सक्ने उनी बताउछन् । अब क्वारेन्टाइन निर्माण गर्नु भन्दा पनि गाउँ बस्तीमा जनशक्ति परिचालन गरी स्वास्थ्य परिक्षण गर्नु पर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस !