शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

स्वास्थ्य कार्यालयलाई सरसफाई सामाग्री हस्तान्तरण


प्युठान,१३ चैत ।
प्युठान नगरपालिका वडा नं ८ का पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक बासुदेब थापाले व्यक्तिगत लगानीमा क्वारेन्टाईनमा राखिएका बिरामीले व्यक्तिगत रुपमा प्रयोगमा ल्याउन सक्ने सरसफाई सामाग्री स्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण गर्नुभएको छ । विश्वमा नै कोरोना संक्रमण जस्तो विपद् फैलिएको समयमा बिरामीहरुलाई सरसफाई हुनका लागि सहज होस भन्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरेको थापाले बताउनुभयो ।
विहिवार(आज) जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी, अन्य स्वास्थ्यकर्मीको उपस्थितीमा थापाले १० वटा टुटी सहितको बाल्टी, १० वटा बाटा, १० थान टाबेल, १२ वटा साबुन लगाएत गरि १० हजार रुपिँया बराबरको सामाग्री हस्तारण गरेको बताउनुभयो । जिल्लामा कोरोना संक्रमणबाट बच्नका लागि विभिन्न अभियानहरु चलिरहेका समयमा आफुले पनि यी सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको थापाको भनाई छ ।
विपद्का समयमा सबै व्यक्तिको सहयोग आवश्यक हुने भन्दै आफुले सहयोग गर्न पाउँदा खुशी लागेको छ,थापाले भन्नुभयो,–‘आगामी दिनमा पनि सहयोग गर्दै जानेछु ।’ साथै थापाले अरु व्यक्तिलाई पनि विपद्को समयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top