
राधिका भुसाल
प्यूठान । सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ । सोही अनुसार प्यूठान जिल्लामा पनि यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् । कुनै पनि सवारी साधनहरु चलेका छैनन भने बाटो तथा चोकहरुमा मासिनको उपस्थित शुन्य देखिन्छ । 
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म देशभरका सबै जिल्लाहरुले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने देखिएकाले सरकारले यो निर्णय गरेको हो । आइतबार बसेको विपत्त व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वय गर्दै सोमाबर बिहानै देखि प्यूठानका सम्पूर्ण व्यापार तथा व्यवसायहरु बन्द गरिएको थियो । 
नेपालमा अहिलेसम्म दुई जनामा कोरोनाको भाइरस पुष्टि भएको छ । त्यसमा पनि एकजना निको भइसकेका छन् । संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो । देशभर फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि प्यूठानका सबै पालिकाले क्वारेन्टइन तथा हेल्थ डेक्स स्थापना गरेका छन् भने प्यूठान प्रवेशमा सम्पूर्ण सुरक्षा निकायको सक्रियतामा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । आपत्तकालिन अवस्थामा आफु पनि बाच्न र अरुलाइ बचाउनका लागि सरकारले गरेको निर्णय पालना गर्न स्वास्थ्यकर्मीहरुले आम प्यूठानवासीलाई आग्रह समेत गरेका छन् ।
तस्विर ः पत्रकार सञ्जय रिजाल र व्यवसायी चन्द्रमान श्रेष्ठ
कमेन्ट गर्नुहोस !