शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा नेकपाको तीन महिने सुदृढिकरण अभियान सञ्चालन


प्युठान, ३ चैत ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला संगठन कमिटी प्युठानले तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गरेको छ । गत फागुन २८ गतेबाट ‘समृद्ध नेपाल सुखी नेपालीको आधार , सुदृढ पार्टी सुशासन र लोक प्रिय सरकार भन्ने नारा लिई अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा जनभेला, प्रशिक्षण, स्कुलिङ लगाएतका कार्यक्रमहरु जनतासम्म पु¥याईने जिल्ला पार्टी संगठन कमिटी सचिव कृष्ण अधिकारी(प्रकाश) ले जानकारी दिनुभयो । पार्टी संगठन कमिटीले पहिलो चरणमा प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, मल्लरानी, झिमरुक, गौमुखी, नौवहिनी, माण्डवी र ऐरावतीमा पालिका स्तरीय पूर्ण बैठक सम्पन्न गरेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार सरुमारानी गाउँपालिकामा केहि दिनमा बैठक हुने छ ।
बैठक मार्फत वडा कमिटीको बैठककको मिति छनोट, कार्यक्षेत्र विभाजन, संगठनलाई बलियो, सुदृढ र बलियो बनाउन कार्ययोजना निर्माण र पालिका संगठन कमिटीले गरेका कामका बारेमा प्रचारप्रसार गर्न सूचना डेक्स समेत तय गरिएको सचिव अधिकारीले बताउनुभयो । जिल्ला कमिटीले चैत १० गतेसम्म यूवा, जनवर्गीय संगठनको एकिकरण प्रक्रिया टुङ्गाउने, चैत १७ गतेसम्म ६४ वटै वडा कमिटीको बैठक सम्पन्न गर्ने र चैत २० गतेसम्म पार्टी सदस्यता नविकरणको काम सकाउने योजनाका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।
त्यस्तै अभियानका क्रममा नेता कार्यकर्ता जनताको सम्बन्ध सुदृढ गर्न, सरकारले गरेका कामहरु जनतासम्म पु¥याउने, पार्टी एकताको महत्व र आवश्यकताबारे कार्यकर्तालाई स्पष्ट पार्ने, शहिद, वेपत्ता,घाईते, अंपाग परिवारसंग अन्र्तक्रिया गरिने सचिव अधिकारीले बताउनुभयो । यसै अवधिमा जनवर्गिय मोर्चाहरुको सदस्यता वितरण ,कमिटी गठन, पार्टी प्रवेश, पालिकास्तरीय कार्यदल गठन लगाएतका काम हुने समेत उहाँले बताउनुभयो । साथै जेठ महिनासम्म ९ वटै स्थानिय तहमा सभाको आयोजना गर्ने र असारमा जिल्ला स्तरीय भेला समेत गरिने बताईएको छ ।
जिल्लाका स्थानिय तहमा प्रदेश कमिटी सदस्यको संयोजनमा कार्यक्रम भएका छन् । स्वर्गद्धारी नगरपालिकामा विजयविराज विष्ट, माण्डवी गाउँपालिकामा ऋषिराम पुन, सरुमारानी गाउँपालिकामा धनबहादुर रायमाझी, ऐरावती गाउँपालिकामा कृष्ण घिमिरे, मल्लरानी गाउँपालिकामा सरस्वता न्यौपाने, झिमरुक गाउँपालिकामा कमला रिजाल, गौमुखी गाउँपालिकामा पितबहादुर महतरा, नौवहिनी गाउँपालिकामा रामबहादुर केसीले संयोजन गरि कार्यक्रमहरु सञ्चालन भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं १ मा प्रदेश कमिटी सचिवालय सदस्य नारायण अधिकारी र क्षेत्र नं २ मा प्रदेश कमिटी कार्यालय सदस्य एंव सांसद हरि रिजालले संयोजन गर्नुभएको छ । र जिल्लामा समग्र रुपमा संयोजन जिल्ला ईन्चार्ज एंव प्रदेश सांसद कृष्णध्वज खड्का, जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्मा र जिल्ला पार्टी सचिव कृष्ण अधिकारी (प्रकाश) ले गर्नुभएको छ ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटीको ५ औँ पूर्ण बैठक शनिवार सम्पन्न भएको छ । बैठकले हाँलै पार्टी केन्द्रले तय गरेको अभियानका बारेमा सम्र्पूण पार्टीपक्तिलाई एकढिक्का बनाएर आम मतदाताको बिचमा परिचालन गर्ने, मतदाताको गुनासो सुन्ने, विकासनिर्माण सम्बन्धी कार्ययोजना बनाउने, स्थानिय सरकारले लिएका नीति कार्यक्रमलाई सघाउने साथै सोही बिचमा आफ्नो आन्तरिक पार्टीपक्तिको अहिलेसम्म रोकीएको नविकरण प्रक्रिया अगाडी बढाउने र सम्र्पूण पार्टीपक्ति र आम जनसमुदायको बिचको सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य लिएको ऐरावती गाउँपालिका संगठन कमिटीका अध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top