शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

पर्यटकीय गन्तव्य बन्दै झुलेनी


प्युठान,२४ फागुन ।
प्युठान नगरपालिका वडा नं ६ मा पर्ने झुलेनी पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको छ । पर्यटकीयस्थल झुलेनी क्षेत्र मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यहाँ हरेक व्यक्तिहरु मनोरञ्जनका लागि आउने गर्दछन् । केही उकालो यात्रा पार गरिसकेपछि समथल रहेको झुलेनी क्षेत्रमा पुग्न सकिन्छ । बिचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्युठानका धेरैजसो भुभाग सहित विभिन्न ठाउँहरुको समेत अवलोकन गर्न सकिन्छ ।
झुलेनीको संरक्षण र पर्वद्धनका लागि प्युठान नगरपालिका, पर्यटन बोर्ड र नौवहिनी गाउँपालिका आर्थिक सहयोग गरेका छन् । यी निकायहरुको सहयोगमा झुलेनीमा सड्क पु¥याईएको छ । साथै पोखरी निर्माण, दुई वटा मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, वरिपरी तारजाली गरिएको झुलेनी संरक्षण तथा पर्यटन प्रवद्धन विकास समितिका अध्यक्ष माधवराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार यसको संरक्षण र प्रवद्धनका लागि प्युठान नगरपालिकाबाट तीन लाख, नौवहिनी गाउँपालिकाबाट ५ लाख र पर्यटन बोर्डबाट रु १० लाख रुपिँया विनियोजन गरि दुई वर्ष अघिदेखी काम भएको हो ।
धनन्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल मानिने झुलेनीमा निर्माण गरिएका मन्दिरमा शनिवार धनन्जय ऋषिको मुर्ती र बृन्दबासिनी दुर्गादेवीको पदस्थापना गरिएको छ । ऐतिहाशिल स्थल भएकाले यसको संरक्षण र पर्यटन प्रवद्धनका लागि मन्दिर निर्माण गरि पदस्थापनाको काम भएको अध्यक्ष भण्डारीले बताउनुभयो । झुलेनीमा पछिल्लो समय भण्डारी बन्धुहरुको उद्गमस्थल समेत मानिने यो ठाउँ आन्तरीक पर्यटकको थलो पनि बन्दै गएको छ । भौतिक पुर्वाधारको बिकासले झुलेनीले केही मुहार फेरे पनी आन्तरीक व्यवस्थापन गर्नका लागि पहल भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
झुलेनी प्रवद्र्धनको लागि अहिले सम्म २० लाख खर्च
झुलेनी पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष माधव प्रसाद भण्डारीका अनुसार परापुर्वकाल देखी भण्डारी बन्धुहरुले कुलपुजा गर्ने ठाउँ झुलेनी संरक्षण, प्रवद्र्धन र यसको विकासको लागि २० लाख वराबर खर्च भएको छ । जसका लागि नेपाल पर्यटन वोर्डबाट १० लाख, प्युठान नगरपालिकाबाट तीन लाख, नौवहिनी गाउँपालिकाबाट पाँच लाख र स्थानीयहरुको जनश्रमदानबाट दुई लाख गरी २० लाख बरावरको काम भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
अबका दिनमा झुलेनीमा जिल्ला वन डिभिजन वन कार्यालयको सहयोगमा रिर्चाज पोखरी, स्वर्गद्धारी–गौमुखी पदमार्ग अन्र्तगतको बजेटबाट प्रतिक्षालय निर्माण, बस्नका लागि बेन्चहरुको निर्माण, लिस्नेदेखी झुलेनी हुँदै दिहाल्नाचौर जाने सड्क निर्माण, आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन संगै विभिन्न ठाउँको दृश्यावलोकनका लागि जीपलाईनको अवधारणा ल्याईएको अध्यक्ष भण्डारीले बताउनुभयो । यी निर्माणमा आफ्नो समिति संगै पर्यटन बोर्ड, प्युठान नगरपालिका र नौवहिनी गाउँपालिकाले सहयोग गर्ने आशा गरेको समेत उहाँँको भनाई छ । झुलेनीमा खानेपानीको अभाव बढेपछि नेपाल सरकारको सहयोगमा सातमुले लिफ्ट मार्फत खानेपानी पु¥याउने योजना रहेको समेत अध्यक्ष भण्डारीले बताउनुभयो । पर्यटकीयस्थल झुलेनी समुन्द्री सतह देखि एक हजार नौ सय ९१ मिटर उचाईमा रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top