शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

प्रेस संगठन प्यूठानको एकता भेला भोलि हुँदै


प्यूठान, २२ फागुन  ।
प्रेस संगठन नेपाल प्यूठान शाखाको प्रथम जिल्ला भेला तथा जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम फागुन २३ गते शुक्रवार हुने भएको छ । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीच एकीकरण भई संगठन गठन भएको हो ।
भेला सम्पन्न गर्न संगठनका केन्द्रिय सहसंयोजक गणेश बस्नेत, ५ नं प्रदेश इन्चार्ज मनोज घर्ति, प्रदेश संयोजक सविन प्रियासन, केन्द्रिय सदस्यहरु बलराम थापा, गिरुप्रसाद भण्डारी, प्रदेश सहसंयोजक मानसिंह वि।क। लगाएत नेताहरु प्यूठान आउने संगठनले जनाएको छ ।
एकताको प्रथम भेलाले जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराउने जिल्ला सहसंयोजक विजयसिंह भारतीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top