शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्युठान महोत्सवमा शनिवार १२ हजार भन्दा बढी दर्शकको उपस्थिती


 

प्युठान,१७ फागुन । फागुन ८ गतेदेखि सुरु भएको स्वर्गद्धारी प्युठान चौँथो महोत्सवमा रौनकता बढ्दै गएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । शनिवार हालसम्मकै बढी दर्शक महोत्सवमा आएको उद्योग वाणिज्य संघ प्युठानका महासचिव कृष्णभक्त गिरीले बताउनुभयो । १२ हजार भन्दा बढी दर्शक महोत्सवमा आएको उहाँले बताउनुभयो। बिदाको दिन भएर पनि महोत्सवमा दर्शक बढेको उहाँले बताउनुभयो ।

फोटो क्याप्सन ः शनिवार प्युठान महोत्सवमा उपस्थित दर्शक ।
तस्बिर ः सागर रिजाल -हाम्रो एकता 

महोत्सवमा आएका दर्शकलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष एंव लोक तथा दोहोरी गाएक बद्री पंगेनी, गायिका प्रीति आले, सरिता प्रजापति, मोडल तथा डान्सर अन्जली अधिकारी, समिक्षा ओली लगाएतले मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
महोत्सवमा राखिएका स्थानियस्तरमा उत्पादित वस्तुहरु किनमेल गर्न र मनोरञ्जन लिनको लागि आम नागरिकहरु महोत्सव आउने गरेका छन् । प्रतिकुल मौषमका कारण केहि दिन प्रभावित भएको महोत्सव विहिवार देखि थप रौनकता बढेको हो । दुई दिन स्थगित भएको महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन मुल समारोह समितिका संयोजक केदारमान कक्षपतिले जानकारी दिनुभयो ।
महोत्सवबाट हुने आम्दानीले उद्योग वाणिज्य सभाहलको निर्माण गरिने भएको छ ।सबै प्युठानी व्यवसायीहरुलाई पायक पर्ने गरि बृहत वाणिज्य सभाहल बनाउने संघका अध्यक्ष केदारमान कक्षपतिले बताउनुभयो । महोत्सवले भम्रण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने उहाँले बताउनुभयो । एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा आठ करोड बराबरको कारोवार लक्ष्य राखिएको अध्यक्ष कक्षपतिको भनाई छ ।

फोटो क्याप्सन ः शनिवार प्युठान महोत्सवमा आफ्नो प्रस्तुती राख्दै लोक तथा दोहोरी गाएक बद्री पंगेनी ।
तस्बिर ः सागर रिजाल÷हाम्रो एकता

यहि फागुन आठ गतेदेखि २२ गतेसम्म झिमरुक नदि किनार गणतान्त्रीक खेलमैदान विजुवारमा संचालन भैरहेको स्वर्गद्धारी प्युठान चौँथो महोत्सवले “उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौँ” भन्ने मुल नाराका साथ सञ्चालनमा रहेको छ ।
कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला २०७६ मा स्थानीय उत्पादन, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उत्पादनको प्रदर्शनी तथा बजारीकरण गरिदै आएको संघका महासचिव गिरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top