
प्युठान,१३ फागुन ।
गत फागुन ८ गतेदेखी प्युठान उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सव निर्धारित समय भन्दा थप भएकोप्रति नेपाल विद्यार्थी संघ प्युठानले गम्भिर चिन्ता प्रकट गरेको छ । संघले महोत्सव सञ्चालन हुनु पूर्व देखीनै नेविसंघ प्युठानले जिल्लामा विद्यार्थीहरुको बार्षिक परिक्षा, एसईई परिक्षा नजिक आईरहेको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई प्रत्यक्ष असर पार्ने गरि महोत्सव सञ्चालन संगै समयावधि बढाउनाले विद्यार्थीको भविश्यमा असर पर्ने प्रति चिन्ता प्रकट गरेको एन.पी. मगरले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्युठान उद्योग वाणिज्य संघ समक्ष महोत्सवको अवधि नबढाई पूर्व निर्धारित समयमै सम्पन्न गर्न नेविसंघले आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,–‘यदि मेला अवधि बढाएको खण्डमा त्यसबाट पर्न जाने असरप्रति अभिभावक एंव विद्यालय प्रशासन समक्ष समयमै सचेत रहन आग्रह गर्दछ, साथै मेलाको समय थप गर्दा विद्यार्थीहरुमा पर्न जाने असरप्रति मेला आयोजक, स्थानिय प्रशासन तथा स्थानिय तह जिम्मेवार हुन नेपाल विद्यार्थी संघ ध्यानाकर्षण गर्दछ ।’ त्यस्तै पूर्व निर्धारित समयमै महोत्सव सम्पन्न नगरिएमा नेविसंघ शसक्त आन्दोलनमा उत्रने व्यवहोरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत फागुन ८ गतेदेखी १८ गतेसम्म सञ्चालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सव १३ र १४ गते स्थगित गरि १९,२० र २१ गते सञ्चालन गरिने उद्योग वाणिज्य संघले बिज्ञप्ती निकाली मंगलबार बिहान जानकारी गराएको थियो ।
कमेन्ट गर्नुहोस !