
प्युठान,१२ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटीको आयोजनामा स्वर्गीय खिमबहादुर राउतको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । ऐरावती गाउँपालिका–६ बिजुली स्थित मृतककै घरमा पुगी शोकसभा कार्यक्रम गरिएको हो ।
स्वर्गीय राउतका जेठो छोरा एवं गाउँपालिका संगठन कमिटी सचिवालय सदस्य डिलबहादुर राउतको अध्यक्षतामा भएको सभामा नेकपा मल्लरानी गाउँपालिका संगठन कमिटीका ईन्चार्ज एवं जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, नेकपा ऐरावती गाउँपालिका संगठन कमिटीका अध्यक्ष एंव गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, पालिका संगठन कमिटी सचिव श्याम थापा लगाएत पार्टी संगठन कमिटीका सदस्य लगाएत स्थानियको उपस्थिती रहेको थियो । शोक सभा कार्यक्रममा नेकपा मल्लरानी गाउँपालिका संगठन कमिटीका ईन्चार्ज एवं जिल्ला समन्वय समितिका उपप्रमुख थापा र नेकपा ऐरावती गाउँपालिका संगठन कमिटीका अध्यक्ष एंव गाउँपालिका उपाध्यक्ष बस्नेतले शोक मन्तव्य राख्दै राउतको निधनले पार्टी संगठन कमिटी दुखित् भएको बताउनुभयो । उहाँहरुले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो । स्वर्गीय राउतले देखाएका सपनाहरुलाई हामी पार्टी संगठन कमिटी एकजुट भएर समाधान तर्फ लाग्नुपर्ने बताउनुभयो ।
राउतको गत माघ २९ गते ७९ वर्षको उमेरमा निधन भएको थियो । मृतक राउतका ६ भाई छोरा र ६ बहिनी छोरी हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !