शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

प्युठान महोत्सवमा आई.एम.ई. सेवा


सागर रिजाल
प्युठान,१० फागुन ।
गत फागुन ८ गतेदेखी सञ्चालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सवमा आई.एम.ई सेवा पनि सुचारु गरिएको छ । उद्घाटनकै दिनदेखी पराजुली मनी टान्सफर र ग्लोबल आई.एम.ई. बैंक लिमिटेडले आई.एम.ई सेवा दिएका हुन् ।
महोत्सवमा आएका दर्शक,कलाकारहरुलाई लक्षित गरि आई.एम.ई सेवा सञ्चालन गरेको पराजुली मनीटान्सफरका सञ्चालक डिल्लीराज पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा सञ्चालन गरिएको एक सय ८९ र एक सय ९० नंम्बरको स्टलबाटै नेपालका जुनसुकै ठाउँमा पैसा पठाउन र पठाएको पैसा निकाल्न सकिने छ । साथै आई.एम.ई ईन्सुरेन्सको समेत व्यवस्था गरिएको छ । महोत्सव अवधिभर बिहान १० बजेदेखी साझ ६ बजेसम्म सेवा समेत दिईने उहाँले बताउनुभयो ।
प्युठान उद्योग वाणिज्य संघका सदस्य समेत रहनुभएका पराजुलीले विगत २० वर्षदेखी जिल्लाका खंलगा, बाग्दुला,मच्छी र विजुवारबाट आई.एम.ई सेवा दिदै आउनुभएको छ।
प्युठान उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव फागुन १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top