शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नेकपामा


शशिधर भण्डारी
प्यूठान, मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी  जिल्ला सदस्य तथा पार्टी निकट देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष हिम बहादुर के।सी। सहित एक दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
शुक्रबार प्यूठान नगरपालिका ९ मरन्ठानामा भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जनभेटघाट कार्यक्रममा केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी९क्रान्तिकारी माओवादी० जिल्ला सदस्य राजेन्द्र बहादुर के।सी,कृष्ण रोका क्षेत्र, विजय के।सी।, सिता के।सी।, मिना गिरी, संगिन पोख्रेल, राष्ट्रिय जनमोर्चाका शिव बहादुर के।एम। लगायत रहेका छन् । पार्टी प्रवेश गराउँदै प्रदेश नं। ५ प्रदेश सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य कृष्णध्वज खड्काले देशमा परिवर्तनकारी राजनीतिक आन्दोलनहरु सकिएको भन्दै आर्थिक समृद्धिको दिशामा पार्टी र सरकार अगाडि बढिरहेको बताए ।

राजनीतिक आन्दोलन समाप्ती पछि अवको युग विकास र संमृद्धिको युगमा प्रवेश गरेको बताउँदै समृद्धि हासिल गर्नको लागि नेकपाले नेतृत्व गरिरहेको जिकिर गरे । ‘आर्थिक समृद्धि गरी विकासमा अग्रगामी छलांग मार्न कम्युनिष्ट सरकार लागि परेको छ ।’ खड्काले ‘सबै कम्युनिष्ट पार्टीमा गोलवन्द भइ देशलाई नयाँ उचाईमा पुराउनका निम्ति सबैलाई आग्रह गर्दछु ।’ भ्रष्टाचार नियन्त्रण, अनियमितताका विषयमा कम्युनिष्ट सरकार सधै उच्च नैतिकताका साथ लागि परेको उनले दावि गरे । अफताव आलम र गच्छ्दारका बिषयमा काँग्रेसले अपराधी र भष्टाचारीलाई बचाउन सडक आन्दोलन गरी निचता प्रवृत्ति उदांगो पारेको र नेपाल कम्युनिष्ट पार्टी निकटका जो कोहीलाई पनि आरोपहरु आउँदा नैतिक रुपमै पार्टीको निर्देशनमा निष्पक्ष छानविनमा सघाउ पुराउने वातावरणको सिर्र्जना गरेको नेता खड्काले प्रष्टाए ।
पार्टी प्रवेश गर्नेको तर्फबाट नेकपा९क्रान्तिकारी माओवादी का जिल्ला सदस्य तथा देशभक्त गणतान्त्रिक मोर्चाबाट आएका हिम बहादुर केसी ले मुलुकुको आर्थिक समृद्धि विकासमा नेकपाको विकल्प नदेखेका कारण आफु नेकपामा प्रवेश गरेको बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top