
प्युठान । सरुमारानी गाउँपालिका –२ मा रहेको बागे गाउँ पालिकाकै बिकट क्षेत्रमा छ । प्युठान–दाङ सड्कखण्डको गनाहा खोलादेखी दुई किलोमिटर सवारीसाधनको यात्रा र उक्त ठाउँबाट पाँच किलोमिटर पैदल हिडेपछि उक्त गाउँमा पुग्न सकिन्छ । बागे गाउँमा पाँच दलित घरपरिवारको बसोबास रहेको छ । राप्ती गाउँपालिका दाङको सिमानामा पर्ने उक्त बस्तीलाई घोस खोलाले छुट्टाएको छ ।
बागे गाउँ जंगलको बिच ठाउँमा छ । कच्ची घर खर लगाएका घरहरुमा उनीहरुको बसोबास छ । हिउदको समयमा यी घरहरु आगलागीबाट बचाउन धौधौ हुने स्थानियहरु बताउछन् । यस बस्तीमा अझै सड्क पुगेको छैन् । पैदल हिड्ने गोरेटो बाटो समेत नभएपछि नेपाल कम्युनिष्ट पार्टी( नेकपा) सरुमारानी गाउँपालिका वडा नं २ को संगठन कमिटीको आयोजनामा सोमबार एक सय ६ जनाको उपस्थितीमा गोरेटो बाटोको स्तरउन्नती गरिदिएका छन् । स्तरउन्नती गरेसंगै यस क्षेत्रका स्थानियहरु खुसी भएका छन् ।
यस संगै यस क्षेत्रका स्थानियहरुले खानेपानीको समेत समस्या भोगेका छन् । नजिकै रहेको घोस खोलाको पानी पिउदै आएको स्थानिय टेकबहादुर सुनारले बताए । हिउँदमा खानेपानी पिउन पाएपनि बर्खाको समयमा हिलो पानी पिउन बाध्य हुने उनले बताए । त्यस्तै बालवालिकाहरु लाई पढाई समेत समस्या हुदैँ आएको छ । नजिकै तीन कक्षा सम्म अध्ययन गर्ने विद्यालय भएपनि माथिल्लो कक्षाको अध्ययनका लागि समस्या परेको सुनारले बताए । अगिल्लो वर्ष पालिकाले विद्युत पु¥याईदिएपनि यो बस्तीका स्थानियले स्वास्थ्य सेवा, शिक्षा, यातायात सेवाबाट बन्चीत भएका छन् ।
बागे गाउँका स्थानियले खर लगाएका घरका लागि जस्तापाताको माग गरेका छन् । यस संगै सड्क सञ्जालसंग जोडिनका लागि झोलुङ्गे पुलको समेत माग गरेका छन् । घडेरी दिएमा स्थानान्तरण गरिने समेत यहाँका स्थानियहरु बताउछन् ।
कमेन्ट गर्नुहोस !