शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

पर्यटकीय गन्तव्य बन्दै झिमरुकको ग्रेटवाल


प्यार अलि खाँन
झिमरुक गाँउपालिकामा अवस्थित ओखरकोटको कोटमा पुग्न बनाईएको सिंडीलाई मिनि ग्रेटवालको रुपमा चर्चा गर्न थालिएको छ । वडा नं. ३ र ५ को सिमानामा पर्ने उक्त धार्मिक तथा पर्यटकिय स्थलमा सिंढी निर्माण भएसंगै जिल्लाका आन्तरिक पर्यटकहरु घुम्न आउन थालेको स्थानिय अईन्द्र वि.क.ले बताए ।
“यहाँ आउनेहरुले मिनि ग्रेटवाल भन्दै यसको चर्चा गर्नुहुन्छ ।” वि.क.ले भने, “दैनिक २० देखि ४० जनाको संख्यामा यहाँ घुम्न आउँछन् ।” ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको कोटमा तात्कालिन मगर राजा परस घर्तिले राज्य चलाएको स्थानियहरु बताउँछन् । कोटमा भग्नाअवशेषका रुपमा दरबारका भौतिक संरचनाहरु अहिले पनि देख्न सकिन्छ । “यहाँ सेल्फी हान्न धेरै जोडीहरु आउनुहुन्छ ।” स्थानिय पदम बहादुर वि.सी.ले भने, “सिंढी बनेसंगै पर्यटकहरुको संख्यामा बृद्धि आएको छ ।”
करिब ६ सय मिटर लम्बाई रहेको सिंढीमा स्थानिय ढुङ्गा प्रयोग गरिएको छ भने सिंडिको दाँया–बाँया तर्फ जेआईपाइपको रेलिङ्ग बनाईएको छ । संघिय सांसद दुर्गा पौडेलको सांसद विकास कोष मार्फत अघिल्लो वर्ष ५० लाख र यस आवमा थप ५० लाख बजेटमा सिंडी निर्माण सम्पन्न हुन लागेको वडा नं. ५ का वडा अध्यक्ष टिका बहादुर जि.सी.ले बताए । “चैते दशैँ र वडा दशैँमा कोटमा पशुबली दिने प्रचलन छ ।” वडा अध्यक्ष जि.सी.ले भने, “धार्मिक पर्यटनका साथै घुम्नको लागि मनोरम प्राकृतिक टापु र प्राकृतिक छटाहरुको दृष्यावलोकन प्रमुख विशेषता हुन् ।” भित्रिकोट राजाको सहायतामा परस राजाले कोटमा राज्य चलाएको र पछि बहादुर शाहले कोटलाई पराजित गरि आफ्नो राज्यमा बिलय गराएको इतिहाँसबिदहरुले बताउने गरेको जि.सी बताउँछन् । कोटमा मन्दिर र आवस्यक संरचनाहरु बनाउन गाँउपालिकाले पहल थाल्ने उनले बताए । गाँउपालिकाले पर्यटन प्रर्वद्धनका लागि ओखरकोटको कोट, रक गार्डेन र स्नाथानको प्रचारप्रसार तथा आवस्यक भौतिक पूर्वाधार विकासमा काम गरिरहेको वडा अध्यक्ष जि.सी.ले जानकारी दिए ।
२० लाख बजेटमा रक गार्डेनको डिपिआर तयार गरि यस आवमा २५ लाख रुपैयाँ खर्च गरिएको गाँउपालिकाले जनाएको छ । आगामी वर्ष संघबाट समेत बजेट आउने र रक गार्डेनमा थप अन्य भौतिक संरचनाहरु निर्माण गरिने बताईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top