शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

लिलामणी पोख्रेल प्युठान आउँदै


प्युठान ।
यहि फागुन ६ गते मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य लिलामणी पोख्रेल प्युठान आउनुहुने भएको छ । पछिल्लो समय चर्चाको केन्द्रमा रहेको ‘नेपालको सन्दर्भमा मिलिनियम च्यालेन्ज कर्पोरेसन(mअअ) यर्थाथता र आवश्यकता भन्ने विषयमा केन्द्रित रहि होटल आयुष्मा जुम्रीमा हुने अन्र्तक्रियात्मक कार्यक्रममा सम्बोधन गर्न पोख्रेल प्युठान आउन थाल्नुभएको हो ।
हाम्रो एकता प्रकाशन गृहको संयोजनमा तय गरिएको उक्त कार्यक्रममा सहभागीताका लागि राजनीतिककर्मी, कर्मचारी, पत्रकार, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र आम सचेत नागरिक समाजलाई अपिल गरिएको छ ।
राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको पक्षमा दृढतापूर्वक आवाज उठाउदै आउनुभएका पोख्रेलको यो आगमनले प्युठान जिल्लाबासीहरुमा पछिल्लो राजनीतिक घट्नाक्रम र राष्ट्रियताको सवालमा जानकारी मिल्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top