शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

स्वर्गद्धारी प्युठान चौथो महोत्सव हुदैँ, आठ करोड कारोबार गर्ने अपेक्षा


बासुदेव गिरी

प्युठान,३ फागुन ।
प्युठानमा स्वर्गद्धारी प्युठान चौथो महोत्सव सञ्चालन हुने भएको छ । प्युठान उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गरि संघले महोत्सव सञ्चालन गर्न लागेको जानकारी गराएको हो । आर्थिक,सामाजीक,सांस्कृतिक, कृषि, उर्जा एवं पर्यटन लगाएत समग्र क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिएका छन् । यहि फागुन ८ गते देखि १८ गते सम्म महोत्सव सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय अनुसार प्युठानमा पनि पर्यटक भित्राउन महोत्सवले सहयोग पु¥याउने अध्यक्ष केदारमान कक्षपतिले बताए। जिल्लाको औद्योगिक,पर्यटकीय,कृषिजन्य एंव विविध सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रवद्र्धन एंव प्रचारप्रसारका माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने लक्ष्य रहेको अध्यक्ष कक्षपतिले बताए । साथै महोत्सव सञ्चालनले पर्यटन प्रवद्र्धन गर्ने,कृषिजन्य उद्योग स्थापनाका लागि वातावरण निर्माण गर्ने र लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न समेत टेवा पुग्ने लक्ष्य संघले लिएको छ ।
प्युठान उद्योग वाणिज्य संघले २०६५ सालदेखी निरन्तर रुपमा जिल्लामा महोत्सव सञ्चालन गर्दै आएको छ । गणतान्त्रीक खेलमैदान विजुवारमा आयोजनामा गरिने महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित बस्तुहरु, कृषि तथा वनजन्य उत्पादन तथा उपकरणहरु, घरेलु तथा लघु उद्यमका उत्पादनहरुलाई समेत प्रवद्र्धन गरिने संघका अध्यक्ष कक्षपतिले जानकारी दिए ।
८ करोडको कारोबार हुने अपेक्षा
१० दिनसम्म चल्ने महोत्सवबाट एक लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महोत्सव अवधिभर करिब आठ करोड वरावरको कारोवार गर्ने, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्न क्रेता तथा विक्रेतालाई एकै थलोमा जमघट गराउन मद्धत पुग्ने महोत्सवबाट अपेक्षा गरिएको छ । यसैगरी महोत्सवबाट भारतको सिमाना काईलावास देखि प्युठान हुदै मुस्ताङको मुक्तिनाथबाट चीन जोड्ने त्रीदेशिय मार्ग र स्वर्गद्धारी विमानस्थल यथासक्य निमाणकार्य सम्पन्न गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउदै जिल्लामा अन्य विकास निमार्णका काममा सरकार समक्ष पहल गरिने जनाईएको छ ।
महोत्सवका आकर्षणहरु
आधुनीक कृषि औजार तथा उपकरणहरुको पर्दशन तथा निशुल्क मर्मत, ख्याति प्राप्त स्थानिय कलाकारहरुद्धारा दैनिक राष्ट्रभक्ति चेतनामुलक तथा सांस्कृतिक प्रदर्शन रहने भएको छ । जिल्लाका स्स्थानिय कला र प्रतिभाको प्रस्फुटन गर्दै जिल्ला स्तरिय लोकदोहोरी गित तथा लोकनृत्य प्रतियोगता, ऐतिहासिक तथा परम्परागत सामाग्रीको प्रदर्शन एवं मौलिक खाना तथा चमेना गृह, जिल्लाको सस्कृति झल्काउने विविध झाकि सहित ऐतिहासिक प्युठानि सराय नाच र हनुमान नचाउने लगाएतका आकर्षणका महोत्सवमा राखिने महोत्सवका कलाकार व्यवस्थापन संयोजक एंव संघका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर केसी(प्रभात) ले जानकारी दिए ।

वाणिज्य सभाहल निर्माण गरिने
१० दिन सम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीले संघले बाणिज्य सभाहल बनाउने लक्ष्य समेत रहेको संघका अध्यक्ष एंव महोत्सवका संयोजक कक्षपतिले बताए । जिल्लामा उपयुक्त स्थानको छनौट गरि सुविधा सम्पन्न वाणिज्य सभाहल बनाईने उनले बताए । त्यस्तै जिल्लामा रहेका पर्यटकीय तिर्थस्थलको प्रचारप्रसार गरिने समेत उनको भनाई छ ।

महोत्सव सञ्चालनका लागि अध्यक्ष कक्षपतिको संयोजकत्वमा एक सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । प्रतिनिधि सभा सदस्य, प्रदेस सभा सदस्य, संविधान सभा सदस्य, पूर्व प्रतिनिधि सभा सदस्यहरु, पूर्व जिल्ला विकास समिति सभापति, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, सहितको सल्लाहकार समिति गठन गरिएको हो । महोत्सव सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला समन्वय समिति, जिल्लाका नौ वटै स्थानिय तह , सरकारी कार्यालय तथा गैर सरकारी कार्यालयले समेत सहकार्य गरेका छन् ।
गणतान्त्रीक खेलमैदान विजुवारमा आयोजनामा गरिने महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित बस्तुहरु, कृषि तथा वनजन्य उत्पादन तथा उपकरणहरु, घरेलु तथा लघु उद्यमका उत्पादनहरुलाई समेत प्रवद्र्धन गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्न ५ नं प्रदेशका उद्योग, पर्यटन, बातावरण मन्त्री लिला गिरी आउने भएका छन् । महोत्सव सञ्चालन हुने दिन नजिकिएसंगै जिल्लामा यसको प्रचारप्रसार तिव्र रुपमा अगाडी बढाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top