शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै


प्युठान, २ फागुन ।
ऐरावती गाउँपालिका– ४ धुवाङ स्वास्थ्य चौकीमा टेलिमेडिसिन मार्फत दिईने सेवा प्रभावकारी बन्दै गएको छ । गत कार्तिकको पहिलो हप्ताबाट सुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यस हप्तामा भएको स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ जना विरामीले स्वास्थ्य सेवा लिएका छन् । एक औपचारिक कार्यक्रम मार्फत उक्त सेवा ऐरावती गाउँपालिकाका विभिन्न वडाहरु र छिमेकी जिल्ला अर्घाखाचीका नागरिकहरुलाई स्वास्थ्य सेवा दिइएको हो । मानसिक रोगका २५ जना विरामीलाई प्रत्यक्ष भिडियो मार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधी समेत प्रदान गरेको स्वास्थ्य चौकीका ईन्चार्ज बालगोपाल श्रेष्ठले बताए । हाल माल्दीप्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले विरामीहरुको भिडियो मार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे ईन्चार्ज श्रेष्ठले बताए । डा संग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफनो समस्या राख्न पाउदा विरामीहरु निकै हर्षित भएको उनले बताए ।
करिब ६ वर्षपछि मानसिक रोग विशेषज्ञ संग प्रत्यक्ष स्वास्थ्य जाँच
करिब ६ वर्षपछि मानसिक रोग विशेषज्ञ संग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठुलो उपलब्धी रहेको बताए । जिल्लाका सात वटा स्वास्थ्य संस्थामा यो कार्यक्रम भएको भएपनि वरौला स्वास्थ्य संस्थाले हाल (धुवाङ) बाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताए । जसले गर्दा विरामीहरु पुर्ण रुपमा निको भएको र यस्तो सेवा आफनै घरदैलोमा पाउदा विरामीहरु पनि खुसि भएका छन् । स्वास्थ्यको विभिन्न समस्याहरु भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्य चौकीका ईन्चार्ज श्रेष्ठले बताए । यस सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उनले बताए ।
विशेषज्ञ सेवालाई दुरदराजका बस्तीहरुमा पुग्नुले प्रविधिको प्रयोग बढ्दै
प्रविधिको प्रयोगले विशेषज्ञ सेवालाई दुरदराजका बस्तीहरुमा पुग्नुले प्रविधिको सहि प्रयोग भएको आभास भएको ईन्चार्ज श्रेष्ठले बताए । फागुनको पहिलो हप्ताबाट स्वास्थ्य चौकीमा आफनै पहलमा ल्याव सेवा समेत प्रदान गरिने उनको भनाई रहेको छ । ब्क्प् फाउण्डेसनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन भएको फाउण्डेसका मेडिकल कोडिनेटर डा सरोज केसीले बताए । आर्थिक स्थित कमजोर भयर डा। को सेवा बाट बन्चित भयकोलाइ चिकित्सकिय सेवा प्रदान गरि रेफर गर्नु पर्ने भयपनी ठिक ठाउमा रिफर होस जसले गर्दा बिरामी हरु अनेत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा। केसीको भनाई रहेको छ । फाउण्डेसनले कालिकोटबाट सुरु गरेको यो सेवा हाँल नेपालका ७ स्थानमा सञ्चालन गरेको छ । विगत १० वर्ष देखी यस्तो सेवा प्रदान गरेको समेत डा। केसीले बताए । नियमित डाक्टर,ईन्टरनेटको सहि उपयोग र औषधीले यो कार्यक्रम प्रभावकारी हुदै गएको उनको भनाई छ । यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिकहरु स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस भनेर नियमित रुपमा औषधी उपलब्ध गराउदै आएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top