शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जनयुद्ध दिवसको अबसरमा श्रम शिविर


प्युठान,१ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरुमारानी गाउँपालिका वडा नं २ संगठन कमिटीको आयोजनामा २५ आँै जनयुद्ध दिवस मनाईएको छ । वडा नं २ मा रहेको पालिकाकै बिकट बस्ती बागेदमारमा श्रमबाट बाटो स्तरउन्नती गरि शिविर गरि दिवस मनाईएको हो । वडा नं २ को डुङडुगेबाट छेकुवाहुदैँ बागेदमार सम्मको तीन किलोमिटर गोरेटो बाटोको स्तरउन्नती गरिएको छ । उक्त क्षेत्रमा गोरेटो बाटो रहेता पनि साघुरो र अप्ठेरो भएकाले यस क्षेत्रका स्थानीय संगै बालबालिकालाई अवातजावातमा समस्या परेको थियो । स्थानियहरु समस्या परेपछि स्थानियको माग अनुसार वडा कमिटीले जनयुद्ध दिवसको अबसरमा उनीहरुलाई सहजता प्रदान गर्ने उदेश्यले श्रम शिविर गरेको वडा संगठन कमिटीका ईन्चार्ज एंव वडा अध्यक्ष बसन्त जिसीले जानकारी दिनुभयो ।


प्रदेश स्तरिय, जिल्ला स्तरिय नेता संगै , गाउँपालिका र वडा स्तरका नेता कार्यकर्ताको उपस्थितीमा श्रम शिविर गरिएको हो । बागे गाउँमा ५ घरधुरी रहेका छन् । यस गाउँबाट विदालय, बजार आवातजावत गर्नका लागि मोटर गुड्ने सड्क नभएपनि स्थानियहरु हिड्नका लागि सहजता हुने उदेश्यले संगठन कमिटी एकजुट भएर गोरेटो बाटो खनिएको हो । गाउँसम्म पुगेको गोरेटोबाटोलाई स्तरउन्नतीसंगै ठूलो बनाईदिएपछि बागे गाउँका स्थानिय खुसी भएका छन् । हामी एक्लै बाटो खन्न सक्ने थिएनौ, स्थानिय टेकबहादुर सुनारले भन्नुभयो,–‘जिल्ला संगै संगठन कमिटीका सदस्यले बाटो खनिदिनु भयो हामी खुसी छौँ ।’ उहाँले अबका बजार संगै अन्य ठाउँमा आवतजावत गर्न सहज हुने बताउनुभयो । श्रम शिविरमा एक सय ६ जनाको उपस्थिती रहेको थियो ।
जनयुद्ध दिवसको अवसरमा श्रम संगै औपचारिक कार्यक्रम पनि गरिएको थियो । वडा कमिटी इन्चार्ज वसन्त जिसीको अध्यक्षता ,जिल्ला पार्टी अध्यक्ष तुलसीराम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरु प्रदेश सचिवालय सदस्य नारायण अधिकारी, जिल्ला कमिटी सचिव कृष्ण अधिकारी, प्रदेश कमिटी सदस्य कृष्ण घिमीरे, विजय विराज विष्ट, गाउँपालिका ईन्चार्ज एंव पालिका अध्यक्ष झगबहादुर विश्वकर्मा, पालिका पार्टी संगठन कमिटी अध्यक्ष,सचिव लगाएतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा जिल्ला, प्रदेश कमिटीका नेताहरुले जनयुद्धको अबसरमा सहिदहरुको सम्झना गर्दै जनयुद्धको समयमा ज्यान गुमाएका शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । समाज र राष्ट्रलाई विकसित गर्नका लागि श्रम अपरिहार्य रहेकाले जनयुद्ध दिवसको अवसरमा श्रम शिविरको आयोजना गरिएको उहाँहरुको भनाई थियो । देशमा नमुना काम गर्ने क्रममा प्युठानमा करिब एक सय व्यक्तिहरु शहिद भएको स्मरण गर्दै उहाँहरुले गर्न बाकी रहेका कामहरु नेकपाका कार्यकर्ताले गर्नुपर्ने नेताहरुको भनाई थियो । सोही अवसरमा जिल्लाका अन्य पालिका स्तरमा पनि यस्ता शिविरहरुको आयोजना गरि काम गर्नुपर्ने बताईएको थियो ।
जनयुद्ध दिवसका अवसरमा जिल्लामा नेकपा पालिका संगठन कमिटीको आयोजनामा कार्यक्रम भएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top