
प्युठान, २५ माघ ।
नेपालको सात धाम मध्य एक तथा पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारी हो । जुन प्युठानमा पर्छ । यस क्षेत्रमा नेपालका सात प्रदेशका दर्शनार्थीसंगै भारतका दर्शनार्थी समेत आउने गर्दछन् । पछिल्ला वर्षहरुमा स्वर्गद्धारीमा दर्शनार्थीहरु वढेका छन् । गत वर्ष तीन लाख ५० हजार भन्दा बढी दर्शनार्थीहरुले स्वर्गद्धारी दर्शन गरेको इलाका प्रहरी कार्यालय स्वर्गद्धारीका प्रहरी नायव निरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिए । अगिल्ला वर्षहरुमा भन्दा ०७५ सालमा अझ दर्शनार्थीहरु वढेको उनले बताए । नयाँ वर्ष २०७६ सालमा पनि दर्शनार्थीहरु वढ्ने आंकलन गरेको उनले बताए । त्यस्तै चालु वर्षको बैशाखको पहिला हप्ता सकिदा सम्म ४ हजार ५ सय वढी दर्शनार्थी स्वर्गद्धारी आएको उनले बताए । पुस १५ देखी माघ १ गतेसम्म भारतीय दर्शनार्थीहरु स्वर्गद्धारीमा बढी आउने गर्दछन् । यो १५ दिनलाई भारतीय दर्शनार्थी आउने दिन भनेर पनि चिनिन्छ । प्रहरी नायव निरिक्षक बस्नेतका अनुसार यस वर्षको साउनमा पाँच हजार तीन सय ७६, भदौमा बाईस हजार चार सय ८, असोजमा चार हजार दुई सय ८९, कार्तिकमा चौध हजार तीन सय २८, मंसीरमा तीन हजार तीन सय ९९,पुस महिनामा चौरासी हजार नौ सय २८ र माघको हालसम्म पाँच हजार सात सय ६८ गरि एक लाख ८८ हजार चार सय ९६ जना दर्शनार्थी स्वर्गद्धारी आएको तथ्यांक रहेको ईलाका प्रहरी कार्यालय स्वर्गद्धारीका प्रहरी नायव निरिक्षक बस्नेतले जानकारी दिए । स्वर्गद्धारीमा नेपाली दर्शनार्थी बढने दिनहरु रहेको समेत उनले बताए ।
स्वर्गद्धारीमा वैशाखे पूर्णिमामा ठूलो मेला लाग्दछ । बैशाखे पूर्णिमा संगै रामनवमी, शिवरात्री, गूरु पूर्णिमा संगै साउन र पुष महिना, माघे सक्रान्तिमा दर्शनार्थीको भिड हुने उनले बताए । यस संगै स्वर्गद्धारीमा दैनिक दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
आश्रम चलाउन भेटिकै भर
स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलेको छ । आश्रमका लागि अहिले भक्तजनको दानदक्षिणा एकमात्र श्रोत बनेको छ । दैनिक पुज सामाग्री,यज्ञका लागि आवश्यक सामाग्री, गाई खर्च, कर्मचारी तलब, विद्यार्थी खर्च भेटिकै भरमा चलेको आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले जानकारी दिए ।
आश्रममा हाँल एक सय ४२ जना कर्मचारी, एक सय आठ विद्यार्थी र साना ठूला गरि चार सय गाई रहेका छन् । यी सबैको व्यवस्थापनका लागि खर्चको प्रमुख श्रोत भेटि भएको उनले बताए । हिन्दु धर्मअनुसार गरिने पुजाहरु यहाँ गरिन्छ । विहान ५ बजेदेखी २ बजेदेखी र साझ ५ बजेदेखी राती ११ बजेसम्म पुजा हुने उहाँले जानकारी दिए । पुजा आजा संगै दर्शनार्थीहरुले चढाएको भेटीनै स्वर्गद्धारी आश्रमको प्रमुख श्रोत भएको उनले बताए । ईण्डीयनहरु आउँदा आश्रममा भेटि बढी हुने उनले बताए । पुस १५ देखी माघ १ गतेको समयमा पनि भेटि बढेको उनले बताए । दानपत्र ६÷६ महिनामा खोलिन्छ, ०७५ पुषमा खोल्दा ८३ लाख रुपिँया संकलन भएको थियो । त्यस्तै यहि माघ ६ गते खोल्दा ९३ लाख रुपिँया संकलन भएको आश्रम व्यवस्थापन समितिले जानकारी दिएको छ ।
प्रमुख आकर्षण यज्ञकुण्ड
स्वर्गद्धारी मन्दिरमा वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड यस स्थानको प्रमुख आर्कषण हो । उक्त यज्ञकुण्ड वि.स.१९५२ सालदेखि हाल सम्म पनि निरन्तर बलिरहेको छ । आश्रममा रहेको यज्ञकुण्डलाई व्यवस्थित बनाउन लागिएको छ । नेपाल सरकार पूरातत्व विभागको ५ करोड सहयोगमा यज्ञकुण्डको काम शुरु गरिएको सहायक कोठारी न्यौपानेले जानकारी दिए । उनका अनुसार हाल यसको काम निरन्तर रुपमा चलिरहेको छ । दुई वर्षमा यसको निमार्ण कार्य सकिने उनले बताए । ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठमन्दिर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि स्वर्गद्धारीका मुख्य आकर्षण हुन् । वैशाख पूर्णिमाको दिन आश्रममा सञ्चालन हुने अखण्ड महायज्ञमा आवश्यकताअनुसार ब्राह्मणहरू परिवर्तन गर्ने प्रचलन रहिआएको छ । सोही दिन वर्षभरका लागि विभूतिसमेत निकाल्ने गरिन्छ। स्वर्गद्वारीमा पुगेर पूजापाठ र मठमन्दिरको अवलोकन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
स्वर्गद्धारी कसरी पुगिन्छ ?
स्वर्गद्वारीमा पुग्नका लागि दुई सडक छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ । भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर भिग्री पुग्नुपर्दछ र भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट चढेपछि तिर्थस्थल स्वर्गद्धारी पुगिन्छ । त्यस्तै दाङको घोराही देखी ५५ किलोमिटर पार गरेपछि धरमपानी आईन्छ । धरमपानी झरेपछि लगभग १५ मिनेट पैदल हिडेपछि स्वर्गद्धारी पुगिन्छ । हिड्न नसक्नेहरु शुल्क तिरेर घोडा मार्फत पनि स्वर्गद्धारी जान सक्दछन् ।
सड्क डिभिजन कार्यालय प्युठानले स्वर्गद्धारी जाने दर्शकको मध्यनजर गर्दै सड्क स्तरउन्नती गरेको छ । सड्क चौडा वनाउने, सरसफाई बनाउने, नाली खन्ने कार्य गरेको हो । यस आर्थिक वर्षको असार सम्ममा २ किलोमिटर सड्क कालोपत्रे गरिने छ सड्क संगै प्रचारप्रसारले पनि स्वर्गद्धारीमा दर्शनार्थी वढेको सहायक कोठरी न्यौपानेले जानकारी दिए । धरमपानी देखी स्वर्गद्धारी मन्दिर पुग्नका लागि सिडी समेत राखिएकाले पनि दर्शनार्थीलाई सहयोग भएको उहाँले बताउनुभयो । नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० लाई पनि धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी महत्वपूर्ण थलो बन्न सक्दछ ।
धर्मशालाको अभाव
स्वर्गद्धारी आश्रममा आउने दर्शनार्थी बस्नको लागि धर्मशालाको अभाव छ । भएको धर्मशाला पनि सानो भएकाले दर्शनार्थी राख्न समस्या भएको सहायक कोठारी न्यौपानेले बताए । हाँलको धर्मशालामा ३ सय भन्दा बढी दर्शनार्थी अटाएपनि सबै अटाउन नसक्ने उनले बताए । धरमपानीमा ०७२ सालदेखी शुरु भएको धर्मशाला बन्न नसक्दा समस्या भएको उनले बताए । जिल्ला विकास समितिको ६ करोडको लागतमा बन्ने भनिएको धर्मशालाको भवन राज्यपूर्नसंरचना पछि बजेट नआएर रोकिएको उनले बताए
धर्मशाला संगै सड्क कालोपत्रे नहुँनु ,आश्रममा खानेपानीको समस्या रहेको समेत उनले बताए । यी आवश्यकताहरु पुरा हुने हो भने सहज रुपमा पर्यटकहरु आउने उनले बताए । त्यस्तै गाईलाई खुवाउने पराल नपाईने समस्या समेत भएको उनले बताए ।
कमेन्ट गर्नुहोस !