शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आन्दोलित


प्युठान, १८ माघ ।
गौमुखी गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आन्दोलित बनेका छन् । आर्थिक वर्षको कृषि क्षेत्रलाई छुट्याएको वजेट केही समय अगाडि फेरवदल गरी अन्य क्षेत्रमा रकमान्तर गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हुन । नेपाल व्यवसायीक बाख्रा पालन संघ गौमुखिका अध्यक्ष पदम केसीको अधयक्षता बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । साथै उक्त वजेटवारे असहमति जनाउदै आएको छ । रकमान्तर गरेको बजेटलाई सच्याएर कृषि क्षेत्रमा नै छुट्याउन गाउँपालिकालाई आग्रह गर्ने निणर्य संघले गरेको छ । यसैगरी कृषि क्षेत्रको सुझाव संकलनका लागि किसान संग विह्द अन्र्तक्रियाको आयोजना गर्ने निणर्य गर्ने जनाएको हो । अबको एक हप्ता भित्र यी निणर्य एवं अनुरोधलाई गाउँपालिकाले वेवास्ता गरे संघर्षका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । यस आर्थिक वर्षमा गाउँपालिकाको गौरबको आयोजना भन्दै कृषि तर्फ महत्वपूर्ण वजेट छुट्टाएको थियो । सामूहिक कृषि फर्म सञ्चालन गर्न वडा नंम्बर १ आर्खामा ३५ लाख, वडा नंम्बर ४ पुजामा ५० लाख र वडा नम्बर ५ खुङमा ३० लाख बजेट छुट्टाइएको थियो। त्यसैगरी बाख्रा खरिद लगायतका पशुपालनलाई टेवा पुर्याउने उद्देश्यले १८ लाख १२ हजार रकम विनियोजन गरिएको थियो । विज्ञहरुको अध्ययनले गौमुखिमा बाख्रा लगायत पशुपालन र आधुनिक कृषिको राम्रो सम्भावना रहेको प्रतिवेदनमा औँल्याएका थिए। गाउँपालिकाको हालै सम्पन्न हिउँदे गाउँ सभाले उपयुक्त अधिकांस बजेट सडक लगायत गैह्र कृषि क्षेत्रमा रकमान्तर गरेको उनिहरुको आरोप छ । वडा नंम्बर १ को कृषि तर्फको पुरै ३० लाख बजेट गैह्र कृषि क्षेत्रमा रकमान्तर गरिएको छ । त्यसै गरी वडा नंम्बर ४ को कृषि तर्फको २६ लाख रकम सडक लगायत गैह्र कृषि क्षेत्रमा विषयान्तर गरिएको छ भने वडा नंम्बर ५ को कृषि क्षेत्रको १९ लाख ३० हजार अन्य क्षेत्रमा रकमान्तर गरिएको छ । बाख्रा खरिद लगायत पशुपालनलाई टेवा पुर्याउने उद्देश्यले विनियोजित १८ लाख १२ हजार मध्य जन प्रतिनिधी र कर्मचारी भ्रमणमा पाँच लाख सहित १७ लाख १२ हजार रकम गैर कृषि क्षेत्रमा रकमान्तर गरिएको छ । त्यसै गरी वडा नंम्बर २ अर्खाको विकट बस्तीका किसानहरुलाई व्यवस्थित गरी एकीकृत बस्ती विकास गर्न ५० लाख बजेट छुट्टाइएको थियो। गाउँ सभाबाट एकीकृत बस्ती विकासको लागि ५० लाख बजेट सडकमा रकमान्तर गरिएको छ।बाख्रा पशुपालन र कृषि तर्फको बजेट रकमान्तर गरेको विषयमा स्थानिय पशुपालक किसानहरूले गाउँपालिकमा विरोध जनाउदै आन्दोलनको घोषणा समेत गरेका छन् ।

गाउँपालिका भित्रका नागरिकहरु ९० प्रतिसत भन्दा बढी जनता कृषि पेशामा आश्रित रहेका छन । यता गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भने कृषिको क्षेत्रमा छुट्याइएको वजेट ठोस योजना नभएका कारण सो वजेट अन्य क्षेत्रमा सदुपयोग गरेको बताएका छन् । दिर्घकालिन योजना अनुरुप कृषि विज्ञ संगको शुझावका आधारमा अर्को आर्थिक वर्षमा कृषि क्षेत्रमा काम गर्ने निणर्य अनुसार भएको बताए । कृषिमा छुट्याएको वजेट दुरुपयोग हुनु भन्दा अन्य क्षेत्रको विकासका लागि लगाएको उनको भनाई छ । गाउँपालिका र सम्बन्धीत वडा अध्यक्ष र स्थानियको सल्लाह अनुसार अन्य पाटोमा लगाइएको उनले बताए । नेपाल व्यवसायीक बाख्रा पालन संघ संग समय अनुकलन अनुसार बैठक, छलफल, सहकार्य गर्ने आफु तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top