
प्युठान,१७ माघ ।
प्युठान जिल्लामा रही क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकार सागर रिजाल राष्ट्रिय समाचार समिति (रासस) प्युठानको प्रतिनिधिमा नियुक्त भएका छन् । केहि समय यता जिल्लामा रासस प्रतिनिधि रिक्त रहेको अवस्थामा माघ १५ गतेको रासस बोर्ड बैठकको निर्णय अनुसार रिजाललाई नियुक्त गरेको हो ।
विगत ५ वर्षदेखी पत्रकारिता यात्रा थालेका रिजालले रेडियो प्युठान, नयाँ युगबोध दैनिक, नयाँ पत्रिका दैनिकको जिल्ला संवाददाताको अनुभव सगालेका छन् । हाल हाम्रो एकता डटकम अनलाईनका कार्यकारी सम्पादकको जिम्मेवारी समेत सम्हालेका रिजाल राससमा जोडिन पुगेका छन् । पत्रकारिता विषयमा पोलिगन कलेज काठमाडौँबाट स्नातकोत्तर अध्ययन गर्दै गरेका रिजाललाई हाम्रो एकता प्रकाशन गृह परिवार हार्दिक बधाई सहित राससको लेखन यात्राको सफलता एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
कमेन्ट गर्नुहोस !