
प्युठान, १७ माघ ।
जिल्ला प्रहरी कार्यालय प्युठानले सभ्य समाज निमार्णका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्दै आएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ ।
यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सीमित समयपछि फेरी प्रहरीले प्रहरी साझेदारी कार्यक्रम गर्दै आएको छ । जसअन्र्तगत समुदाय प्रहरी साझेदारी लागु भए पश्चात हाँल सम्म विभिन्न समुदाय, विद्यालयस्तर लगाएतका क्षेत्रहरुमा प्रहरी जिल्ला समिति समेत गठन गर्दै आएको छ । जिल्लालाई अपराध मुक्त बनाउनको लागि सभ्य समाज निमार्णका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक पोषण ढकालले बताए । उनका अनुसार यो कार्यक्रम गत ०७५ कार्तिक १४ गतेबाट यो अभियान सुरु भएको हो ।
जिल्लाका विभिन्न स्थानमा समिति गठन
हाँलसम्म जिल्ला समिति एक, पालिका समिति एक, वडा समिति ६४, बिद्यालय सम्र्पक समिति एक सय ९४, टोल समिति ४७, समुदाय केन्द्रित कार्यक्रम एक सय २०, बिद्यालय केन्द्रित कार्याक्रम दुई सय ५० समिति गठन गर्न सफल भएको सुचना अधिकारी ढकालले बताए । प्रहरीले समुदायसँगको सहकार्यमा अगाडि बढाएको सचेतनामूलक कार्यक्रमले समाजमा हुने अपराधको घटनामा कमी आएको अनुभूति भएको ढकालले बताए । उनले भने,–‘ अपराध लुकाउने होइन समयमा नै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने जागरण पनि यस कार्यक्रमले ल्याएको छ ।’
समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएसंगै अपराध नियन्त्रणसँगै सम्भावित आपराधिक क्रियाकलाप रोक्न पनि समुदायबाट प्रहरीलाई सूचना जाने क्रम बढेको उनले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन मद्दत गरेको छ । सवारी दुर्घटना न्युनिकरण, लागु औषध दुव्र्यसनि, बालविवाह रोकथाम, घरेलु मदिरा मरामद लगाएतका धेरै कामहरु गर्दै नागरीकहरुलाई हरेक कुराहरुको सचेतना फैलाउने आफुहरुको उदेस्य रहेको ढकालले बताए ।
समुदायमा कार्यक्रम प्रभावकारि बन्दै
कार्यक्रमहरु सञ्चालन गरिरहँदा नागरिकहरुमा केहि परिवर्तन आएको अस्थायी प्रहरी पोष्ट दाखाक्वाडीका ईन्चार्ज हरिबहादुर बस्नेतले जानकारी दिए । धेरैपछि चलेको प्रहरीको घरदैलो अभियानले स्थानिय नागरिकहरु खुसी भएको र आफ्ना समस्याहरु पनि खुलस्त रुपमा राख्न थालेको उनले बताए । आफुमा परेका समस्या अहिलेको समयमा जो कोहिले पनि निर्धक्क रुपमा १०० नंम्बरमा फोन गर्ने गरेको ईन्चार्ज बस्नेतले बताए । समाजमा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्ने मुख्य उद्देश्य सहित सञ्चालन भएको कार्यक्रम प्रभावकारी बनेको उनको भनाई छ । पहिलेको समयमा प्रहरी देख्दा नागरिकहरु डराएर आफना समस्या राख्न नसक्ने अबस्थाको यो कार्यक्रमले त्यसको अन्त्ये गर्न सफल भएको उनले बताए ।
सर्वसाधरण जनता र प्रहरीबिचमा संबन्ध विकास गर्नका लागि प्युठानी प्रहरीले यो अभियान राखेको कार्यालयका सूचना अधिकारी ढकालले बताए । साथै सामाजिक अपराधको नियन्त्रण गरि सुरक्षित समाजको निर्माणमा समाजका सदस्यहरुको ,स्थानिय निकायको,विद्यायालयहरुको भुमिकाका सम्बन्धमा वोध गराउन समेत यो कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएको उनकोे भनाई छ । सुरक्षामा खलल पर्ने तत्वहरु तथा अपराध र अपराधीका सम्वन्धमा सुचना प्राप्त गर्ने वातावरणको निर्माण गर्न समेत यो अभियानले सहयोग पु¥याउने अपेक्षा रहेको उनले बताए । यी अभियानहरु जिल्लामा सञ्चालन भएसंगै जनता र प्रहरी बीचको सम्बन्ध निकट भएको सुचना अधिकारी ढकालले बताए । उनले भने,–‘अभियानले गर्दा असमाजिक गतिविधीहरुका वारेमा वा कुनै घटनाका वारेमा प्रहरीलाई तत्काल सुचना प्राप्त हुन थालेको छ ।’ अपराधिक मनसाय भएका ब्यक्तिहरुमा डर त्रासको उत्पति देखिन समेत थालेको उनले बताए ।
कमेन्ट गर्नुहोस !