शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

न्यायीक समितिका पदाधीकारीसंग एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न


प्रत्येक महिना घुम्ती बैठक
सागर रिजाल
प्युठान,१३ माघ ।
स्थानिय न्यायीक समितिका पदाधीकारीसंग एक दिने अन्र्तक्रिया कार्यक्रम सोमबार जिल्ला समन्वय समितिको सभाहल खंलगामा सम्पन्न भएको छ । ५ नंम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला न्यायधिस विष्णुप्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ, कानुन मन्त्रालयका उपसचिव हरिसिंह धामी, प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्की, अनुसन्धान प्रमुख हेमन्त कार्की, जिल्लाका स्थानिय तहका न्यायीक समितिका  पदाधीकारी र कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन अधिवक्ता गोबिन्द्र पोख्रेलले गरेका थिए ।


अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्यायधिस गौतमले न्यायीक समितिको काम,अधिकार र त्यसको प्रयोगका बारेमा जानकारी गराएका थिए भने अन्र्तक्रिया कार्यक्रमको सहजिकरण मन्त्रालयका उपसचिव धामीले गरेका थिए । कार्यक्रममा स्थानीय न्यायीक समितिको क्षमता अभिबृद्धी र अनुभव साटासाट गर्ने उदेश्यले स्थानिय न्यायीक समितिको संयोजकहरुको संयन्त्र निर्माण गरिएको छ । प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्यको संयोजकत्वमा ९ सदस्यीय संयन्त्र निर्माण गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष एंव न्यायीक समितिका संयोजक बुद्धबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त ९ सदस्यीय समितिले प्रत्येक महिनामा घुम्ती समिक्षा बैठक गर्नेछ । फागुन १५ गते घुम्ती बैठक गौमुखी गाउँपालिकाको कार्यालय लिवासेमा गरिने समेत ऐरावती गाउँपालिकाका उपाध्यक्ष एंव न्यायीक समितिका संयोजक बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top