शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

किशोरी सम्वादले ल्याएको परिवर्तन , सुनौलो जीवन रेखा कोर्दैै जाबुनेका किशोरीहरु


राधिका भुसाल
प्यूठान । सानै उमेर देखि आफ्नो भविश्यको योजना नै सुनौलो जीवनको आधार हो भन्दै किशोरीहरु जीवन रेखा कोर्दै छन् ।
ऐरावती गाँउपालिका ३ जाबुनेका किशोरीहरुले किशोरी सम्बाद कार्यक्रम सञ्चालन गरी जीवन योजनाका रेखाहरु बनाएका छन् । धर्मोदय माध्यमिक विद्यालय जाबुनेमा अध्यनरत ३० जना किशोरीहरुले अध्ययन पछिको समयलाई किशोरी सम्बाद केन्द्रमा खर्चिने गर्दछन् । उनीहरुले आफ्ना समस्या, रुची, चाहना तथा जिज्ञासाहरु आपसमा आदान प्रदान गर्ने गरेको सम्वाद केन्द्रकी एनिमेटर देवा सुनारले बताइन ।
“सम्वाद केन्द्रमा सहभागी भएपछि एकआपसमा घुलमिल हुन सजिलो भएको छ”– किशोरी एमी घर्ती मगरले भनिन्–“किशोर अवस्थामा आउने शारिरीक परिवर्तन बारे छलफल गर्ने गर्छौ ।’ बाल बिबाह र त्यसको असर, सामाजिक कुरिती, कुसंस्कार, अन्धविश्वास जस्ता विकृतिबारे सम्बाद केन्द्रमा राम्रो छलफल गरि समाधानको उपाए समेत खोज्न थालेको उनले बताइन ।
किशोरी सम्वाद केन्द्रमा सहभागी सबै किशोरीहरुले आफ्नो भविश्यको योजना बनाइ सोही अनुसार आफुलाई परिवर्तन गरेको कक्षा १० मा अध्ययनरत सिर्जना घर्तीले बताइन । ‘हामी सवैले अभिभावकको सल्लाह र आफ्नो रुची समेटिएको आ आफ्ना भविश्यको योजना बनाइसकेका छौं ।’– सिर्जनाले भनिन्–‘ दुख, सुख र गुनासो शेयर र केयर गर्दै एकबद्धता हुने राम्रो अवसर मिलेको छ ।’
परिवारिक सम्बन्धमा मिठास
पहिलो महिनाबारीको समयमा छाउ जानुपर्ने समस्यालाई अन्त्य गर्न सफल भएका छौं । अभिभावकलाई राम्रोसंग कुरा बुझाउन सक्ने क्षमताको विकास भएसंगै उहाँहरुलाई सकारात्मक बाटो ल्याउन सजिलो भएको सम्बाद केन्द्रका किशोरीहरुले बताए । गरिवी अशिक्षा, बेरोजगारी जस्ता समस्याले पिल्सिएको आफ्नो परिवार अहिले जीवन उपयोगी सीपमूलक कार्यमा लागेका उनीहरु बताउछन् ।
कथा सुनाउदै किशोरी सम्वादको कार्यक्रम सञ्चालन गरेकी सहजकर्ता (एनिमेटर) देवा सुनारले सम्वाद केन्द्र सञ्चालन पश्चात किशोरीहरुको मनोबल बढेको बताइन । सुरुका दिनहरुमा घरपरिवारबाट सहयोग नपाएको घटना सुनाउने उनले पछिल्लो समय अभिभावक पनि छोरा छोरीको खुसीमा सामेल गराउन सबै किशोरीलाई सफल भएको उनले भनाइ छ ।
बहुबिबाहको धक्का छोराछोरीमा
हाल कक्षा ८ मा अध्ययनरत किशोरी दुर्गा सुनारको कहाली लाग्दो घटनाले सबैका आँखा रसाए । उनका बुबाले दोस्रो विबाह गरेसंगै परिवारमा आएको खटपट, भैm झगडा र आर्थिक अभावले च्यापेपछि दुर्गा जीवन देखि नै निरास भएकी थिइन । सम्बाद केन्द्रमा सहभागी हुने अवसर मिलेसंगै सबै किशोरीहरुको आ आफ्ना समस्या र गुनासाहरु सुन्ने आफ्नो पनि सुनाउने गर्दा पीडा हल्का भएको भन्दै किशोरी सम्वाद केन्द्रले आफुलाई नयाँ जीवन प्रदान गरेको दुर्गाले बताइन । दुर्गाको त्यो अवस्था थाहा पाएसंगै ऐरावती गाउँ पालिका अध्यक्ष नविलविक्रम शाहले कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने गरी अभिभवकत्व ग्रहण गरेका छन् । त्यस्तै कक्षा १० मा अध्ययरत जीवनज्योती गुरुङको दाइले दोस्रो विबाह गरेपछि उनको दुखका दिन सुरु भएका हुन । घरपरिवारको सम्पूर्ण जिम्मेवारी बोकेका दाइ नैे जिम्मेवारी देखी बाहिरिएसंगै घर परिवारमा आर्थिक अभावमात्र होइन नावालक भदाभदैले समेत बुबाको मायाबाट बञ्चित भएको हुनु परेको बताइन । नेपाल प्रहरीमा कार्यरत दाइले कार्तिकको पहिलो साता सुसाइट नोट लेख आत्महत्या गरेको जीवनज्योतीले सुनाइन ।

२०७६ असार देखि कालिका विकास केन्द्र नेपाल र स्टोम फाउन्डेशनको साझेदारीमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शसक्तिगकरण कार्यक्रम अन्तरगत सञ्चालन भएको हो ।
ऐरावती गाउपालिकाका सबै वडाहरुमा ३९ वटा किशोरी सम्बाद र एउटा किशोर सम्वाद गरी ४० किशोर किशोरी सम्वाद केन्द्र सञ्चालन भएको कालिका विकास केन्द्र नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसादराज भण्डारीले बताए । स्न २०२० मा सोही गा.पा. मा २८ वटा किशोर किशोरी सम्बाद केन्द्र सञ्चालन हुने भएको जानकारी समेत दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top