शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

जलीय जैविक विविधता संरक्षण विधेयकबारे पालिकास्तरीय अभिमुखीकरण


सागर रिजाल 
प्युठान,१२ माघ ।
जलचर एंव जलीय जैविक विविधता संरक्षण विधेयकबारे पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम आईतबार ऐरावती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र पानी परियोजना अन्र्तगत झिम्रुकखोला जलाधार ब्यवस्थापन कार्यक्रम दुईको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परियोजनाका कार्यक्रम प्रबन्धक प्रमोदलाल श्रेष्ठले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए ।
अभिमुखीकरण कार्यक्रममा जलीय जैविक विविधता संरक्षण गर्नका लागि तयार पारिएको विधेयकबारे पानी परियोजनाका जलाधार विशेषज्ञ भास्कर चौधरीले जानकारी गराएका थिए । उनले जलचर संरक्षण सम्बन्धी व्यवस्था,जलचरको सामुदायिक संरक्षण सम्बन्धी व्यवस्था, जलचर संरक्षण समुहको विधान ,लैगिक तथा सामाजिक समावेशीकरण ,जलचर र तालमा गर्न नहुने काम संगै गरेमा हुने जरिवाना र दण्डका विषय लगाएतका बारेमा जानकारी गराएका हुन् ।

आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष नबीलविक्रम शाह ।
ऐरावती गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाएको छ । पालिकाले गत असार ३० गते ऐन पारित गरि बम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकेको गाउँपालिका अध्यक्ष नबीलविक्रम शाहले जानकारी दिए । पालिकाले पारित गरेको ऐनलाई जनस्तरसम्म पु¥याएर ऐनको पालना गर्न लगाईने अध्यक्ष शाहले बताए । पानी परियोजना सञ्चालन भएको समयमा परियोजना मार्फत जलीय जैविक विविधता संरक्षण भएको शाहले बताए । उनले भने,–‘ परियोजनाको समाप्तीपछि पनि पालिकाले संरक्षण गर्नका लागि आजैबाट लाग्नुपर्छ ।’ कार्यपालिकाले पारित गरेको ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने अध्यक्ष शाहको भनाई छ । पालिकाका केहि क्षेत्रमा छिमेकी जिल्ला अर्घाखाँचीका स्थानियहरु आएर माछा मारेको पाईएकाले यसको न्युनीकरणका लागि यस क्षेत्रका स्थानिय तहका प्रमुखहरु संग समन्वय गरिने उनले बताए ।

आफ्नो भनाई राख्दै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत
गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जलचर संरक्षणका लागि यो परियोजनाले पालिका क्षेत्रभित्र सुनौलो अवसर दिएको बताए । जलचर संरक्षण ऐन नै पारित गर्ने पालिका भनेर हाम्रो पालिका चिनिएको छ,उपाध्यक्ष बस्नेतले भने,–‘यसको कार्यान्वयमा हामीले ध्यान दिनुपर्छ ।’ जलचर संरक्षणका लागि पालिकाले ऐन,विधेयक पारित गरेको छ भने परियोजना मार्फत समुह गठन गरिएको उनले बताए । उपाध्यक्ष बस्नेतले पारित गरिएका विधेयकका बारेमा अध्ययन सहित कार्यान्वयनमा सक्रियताका साथ लाग्नुपर्ने बताए ।

आफ्नो भनाई राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले पालिकाले बनाएको जलचर संरक्षण ऐनका बारेमा पुनर्ताजगी सहितको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए । साथै उनले परियोजनाले माछा संगै नदिजन्य जीवको संरक्षणमा समेत ध्यान पु¥याउनु पर्ने बताए । परियोजनाले गरेको अभिमुखीकरण कार्यक्रमले यसको कार्यान्वयनमा सहज हुने उनको भनाई थियो ।
ऐरावती गाउँपालिका भित्र माछा संरक्षणका लागि पानी परियोजना मार्फत ५ वटा समुहहरु गठन गरिएको परियोजनाका प्रबन्धक निर्देशक श्रेष्ठले जानकारी दिए । गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य , परियोजनका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top