
प्युठान, १० माघ ।
प्युठानको स्वर्गद्धारी नगरपालिकाले नगरबासीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याएको छ । ‘एक वडा, एक स्वास्थ्य केन्द्र ’ नीति अनुसार आफ्नै वडाबाट नगरवासिहरुलाई स्वास्थ्य सेवा पु¥याएको हो । स्वास्थ्य सेवालाई सहज बनाउने उद्देश्यले वडामा स्वास्थ्य केन्द्र रहने र सबै नागरिकहरुले नजिकबाटै स्वास्थ्य सेवा पाउने भएका हुन् । जसअन्र्तगत स्वास्थ्य संस्था नभएका वडामा शुक्रवार आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको छ । वडा नम्बर तीन र वडा नम्बर ६ मा रहेको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको हो । केन्द्रको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रिले उद्घाटन गरेका हुन् । त्यसअवसरमा नगरप्रमुख क्षेत्रीले सरकारले लिएको नीति अनुरुप घरआगनबाटै स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेका थिए । उनले वडावासीले पनि स्वास्थ्य सेवा केन्द्रलाई आफ्नो तर्फबाट पनि सक्दो सहयोग गरि सफल बनाउने बताए ।
सरकारी नीति अुनसार नगरपालिका भित्र रहेका नौ वटै वडामा स्वास्थ्य संस्था मार्फत सेवा प्रदान हुने स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले बताए । गत वर्ष नगरभित्रका सात वटा वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा आइसकेको उनले बताए । यसवर्ष वडा नम्बर तीन र ६ मा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । वडामा स्थापना गरीएको स्वास्थ्य केन्द्र मार्फत वडाबासीहरुले आधारभुत स्वाथ्य सेवाहरु पाउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख केसीको भनाई छ । उनका अनुसार नगर स्वास्थ्य केन्द्रहरु मार्फत अब वडास्तरमै औषधी र आधारभुत उपचार पाउन सकिने छ ।
वडामा संञ्चालन गरिएका नगर स्वास्थ्य केन्द्रहरुमा एक जना अहेब ईन्चार्ज, एक जना अनमी र एक जना कार्यालय सहयोगि कर्मचारी रहने छन् । वडा नम्बर ३ को भिग्री आधारभुत स्वास्थ्य केन्द्र उपल्लो भिग्रिंमा स्थापना गरिएको छ भने वडा नम्बर ६ को बेलवासमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । आफनै भवनमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत आएको बजेटवाट उक्त केन्द्र निमार्ण गरिएको बताए । जसमध्ये भवन निमार्णका लागि ३७ लाख ५० हजार प्रत्येक वडाका लागि वजेट विनियोजन भएको छ । व्यवस्थापन खर्चको लागि पाँच लाख र कर्मचारी खर्चको लागि पनि पाँच लाख वजेट आएको शाखा प्रमुख केसीले बताए । सरकारको नीति अनुसार सञ्चालनमा रहेको यो कार्यक्रम सात सय ५३ स्थानियतहमा रहेका २५ सय वडा अन्र्तगत गतवर्ष १२ सय वडामा यो कार्यक्रम सम्पन्न भएको थियो भने यस आर्थिक वर्षमा बाकी १३ सय वडामा यो वर्षमा स्वास्थ्य केन्द्र सञ्चालनमा आएको उनको भनाई छ । आधारभुत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती जाचँ, सुत्केरी जाच, बाल स्वास्थ्य सेवा, सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला लगाएत स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
कमेन्ट गर्नुहोस !