शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मेरी बास्सै कलाकार ‘बान्द्रे’ प्यूठानका विद्यालयमा देखिए


राधिका भुसाल
प्यूठान । बिहानको १० बज्नै लागेको थियो । पब्लिग बोर्डिङका विद्यार्थीहरु यत्रतत्र छरिएका थिए । सायद प्राथानाको (एसएमली) समय भएकाले सबै बालबालिकाहरु विद्यालयको प्राङगण मै भेटिए । कोही कानिखुसी गर्दै थिए त कसैले एकोहोरो हेरिरहेका थिए । सबै बालबालिकाहरु आफ्नो अनुशासनमा लाइनबद्ध भएर उभिएकै बेला मेरी बास्सै कलाकार एसपी चापागाइ ‘बान्द्रे’ स्टेजमा पुगे । टिभि सियिलमा मात्र देखिएका बान्द्रे एक्कासी आफ्नै अगाडि देखिदा बालबालिकाहरु आश्चर्यचकित थिए ।
विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरुहरु चित्रण गरी शैक्षिक सामग्री समेटिएको ‘मेरो स्कुल’ डकुमेन्ट्री फिल्म शो गर्न लागि कलाकार बान्द्रे प्यूठानका विद्यालयहरुमा पुगेका हुन । मंगलबार प्यूठान आएका बान्द्रे प्यूठान नगरपालिका भित्रका नीजि तथा सामुदायीक विद्यालयहरु अवलोकन गरी शिक्षकहरुसंग राय सुझाव लिदै मेरो स्कुल फिल्म समेटिएका विषय बस्तुहरु जानकारी गराएका छन् । ‘जीवनका सबै कुरा किताबका पाना मात्र भटिदैन’– कलाकार बान्द्रेले भने–‘बालबालिकाहरुको नकारात्मक भ्रणलाई चिर्दै दैनिक रुपमा गरिने क्रियाकलापलाई सहज र सरल ढंगले बुझाउन पर्छ । उनीहरुको जीवनसंग जोडिएको व्यवहारिक कुरा सजिलै बुझाउने उदेश्यले बनाइएको ‘मेरो स्कुल’ एक पटक देखाउन राम्रो ।’ यतिबेला २० जिल्लाका करिब एक सय विद्यालयमा पुगी सकेको ‘मेरो स्कुल’ २१ जिल्लाको रुपमा प्यूठान भित्रिएको उनले बताए । मेरो स्कुल हेरी सकेपछि प्यावसन नेपालका अध्यक्ष कर्ण बहादुर शाहीले भने ‘जीवन उपयोगी शिक्षाका लागि विद्यालयहरु सञ्चालन गरिरहेका छौ त्यसको मुल उदेश्य भनेको बालकालिकाहरुले आफ्नो जीवनको महत्वलाई बुझेर देशको असल नागरिक बन्नु हो ।’ बालबालिकाहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने सन्देश कलात्मक रुपमा दिनु पनि आवश्यक रहेको शाहीले बताए । हरेक क्षेत्रमा आधुनिक प्राविधि जोडिएको चलायमान समयमा शिक्षण विधिका कलात्मक शैलीको खाँचो रहेको उनको भनाइ छ ।
‘मेरो स्कुल’ आज शो हुदै
नेपाली जनताले अत्याधिक मन पराएको मेरी बास्सै कलाकारहरुको भुमिका रहेको मेरो स्कुल फिल्म आज शो गर्न लागिएको हो । होटल आयुष्मा जुम्रीको हलमा उक्त फिल्म शो गर्न लागिएको कलाकार एसपी चापागांइले जानकारी दिए । एक घण्टा ४५ मिनेट समयको मेरो स्कुल हेर्न बिहान ११ बजे कालिका बोर्डिङ र इभरग्रीनमा अध्यनरत बालबालिकाहरु सहभागी हुने छन् भने दिउसो १ बजे देखि पब्लिक बोर्डिङ दाखाक्वडाीका बालबालिकाहरु सहभागी हुने आयोजनले जानकारी दिएको छ । जिल्लाका अन्य विद्यालयमा समय अनुकल मिलाएर डोकुमेन्ट्र फिल्म मेरो स्कुल शो गरिने कलाकार चापागांइले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top