शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

निर्वाचनका वारेमा सरोकारवालासंग अन्र्तक्रिया


 

प्युठान, ७ माघ ।
निर्वाचन कार्यालय प्युठानले राजनितिकदल र सराकारवालासंग अन्र्तरक्रिया कार्यक्रम गरेको छ । सोमवार झिमरुक वहुमुखि क्याम्पस वाग्दुलामा कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको संयोजकत्वमा जिल्लाका राजनितिक दलका प्रमुख नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्युठानका कार्यालय प्रमुख कृष्ण कवंरले सवैधानिक व्यवस्थाका वारेमा जानकारी गराएका थिए । त्यस्तै स्थानिय, प्रदेश, प्रतिनिधीको र मंसिर १४ कोे उपनिर्वाचन सम्पन्न भएलगत्तै राजनितिकदल र सरोकारवाला संग अन्र्तक्रिया नभएकाले उक्त कार्यक्रम गरिएको कार्यालय प्रमुख कवंरले बताए । कार्यालयले अबको केहिदिनमा स्थानियतहवाटै मतदाता नामावली संकलन, अध्यावधिक गर्ने उनले बताए ।

निर्वाचन कार्यालय, जिल्ला प्रशासनवाट हुदै आएको मतदाता नामावली संकलन कार्यलाई तहमा पनि गरिने उनले बताए । १८ वर्ष उमेर पुगेकाको मतदाता नामावली गरिने उनको भनाई छ । त्यस्तै कार्यालय प्रमुख कवंरले राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ को निर्वाचनका वारेमा समेत जानकारी गराएका थिए । निर्वाचन मतदाताको संख्याका वारेमा, निर्वाचन आचार संहिताका वारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यालयले जिल्लागत विवरण पेश गर्ने समेत लागेको छ । दलको नाम, पदाधिकारीको नाम, सम्र्पक नम्बर र इमेल सहितको जिल्लाको फाइल तयार गरिने भएको छ । त्यस्तै कार्यालयले विद्यालय शिक्षा लोकतन्त्र र प्रजातन्त्रको वारेमा सबै स्थानियतहलाई समेटी विद्यालयमा कार्यक्रम गरिने समेत उनले बताए । कार्यक्रममा उपस्थितीले मतदान केन्द्र सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने, निर्वाचनमा प्रभावकारी बनाउनुपर्ने जस्ता कुराहरुलाई ध्यान दिन आग्रह गरेका थिए । कार्यालय प्रमुख कवंरले यी विषयमा निर्वाचन आयोगलाई जानकारी गराउने बताएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top