शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

अनेरास्ववियू प्युठानको संयोजकमा जालबहादुर केसी र सहसंयोजकमा पुस्कर शर्मा


प्युठान,५ माघ ।
नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) सम्बद्ध दुई विद्यार्थी संगठनबीच एकता पछि बनेको अनेरास्ववियू प्युठानको संयोजकमा जालबहादुर क्षेत्री र सहसंयोजकमा पुस्कर शर्मा चयन भएका छन् । केन्द्रले सबै जिल्लाका संयोजक र सहसंयोजक तोक्दै प्युठानमा संयोजक क्षेत्री र सहसंयोजक शर्मालाई जिम्मा दिएको हो ।
संयोजक क्षेत्री नौवहिनी गाउँपालिका–५ डाम्रीका हुन् । उनले २०६४ सालदेखी अनेरास्ववियूको प्रारम्भिक समितिबाट विद्यार्थी राजनीति शुरु गरेका हुन् । २०६६ सालमा जिल्ला कमिटी सदस्य हुदैँ जिल्ला सचिवालय सदस्य, कार्यसमिति कोषाध्यक्ष, कार्यसमिति सचिव समालेका क्षेत्री संयोजकमा चयन भएका हुन् ।


त्यस्तै सहसंयोजक शर्मा गौमुखी गाउँपालिका –४ पुँजाका हुन् । उनले २०६४ सालमा गौमुखी माध्यामिक विद्यालय ठूलाबेसीको अखिल क्रान्तिकारीको ईकाइ अध्यक्षको जिम्मेवारीसंगै विद्यार्थी राजनीति शुरु गरेका थिए । त्यस संगै उनले क्रमश २०६७ सालमा स्वर्गद्धारी क्याम्पसको इकाई अध्यक्ष ,२०६९अखिल क्रान्तिकारीको जिल्ला सचिवालय सदस्य ,२०७१ जिल्ला अधिबेशनमा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष र २०७४ मा त्रिभुवन विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तर्फबाट काठमाण्डौको उपाध्यक्षको जिम्मेवारी समेत समालेका शर्मा सहसंयोजकमा चयन भएका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top