शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

झिमरुक गाँउ सरकारको निर्णय संघिय मन्त्रालयद्धारा बदर


प्यार अलि खाँन
प्युठान, ५ माघ ।
झिमरुक गाँउपालिकाले वडा केन्द्र तोक्न गरेको निर्णय संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बदर गर्ने निर्णय गरेको छ । गाँउ सभाले यसअघि नै वडा नं. ८ को वडा केन्द्र तुषारा गोब्दी स्थित रातामाटा फुलबारीलाई तोकेको थियो । तर मन्त्रालयले गाँउपालिकालाई विहिवार पठाएको पत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा (५) को उपदफा (३) र उक्त ऐनको दफा ६ उपदफा (७) बमोजिम सम्वन्धित वडाको सिफारिसमा वडा केन्द्र नतोकेकोले मन्त्रालयले पुनः वडा कार्यालयको सिफारिसमा केन्द्र तोक्ने गरि काम कारवाही अघि बढाउन गाँउपालिकालाई भनेको छ ।
“वडा कार्यालयले सुरुमा लिवाङ टिमुरचौरस्थित जनता मा.वि नजिक केन्द्र तोक्न सिफारिस गरेको थियो ।” वडा नं. ८ का वडा अध्यक्ष तुलस बस्नेतले भने, “तर अध्यक्षले मान्नुभएन, हामीले पुनः सर्वपक्षिय भेला बोलाएर टिमुरचौरकै काभ्राबुटा झालापोखरीमा केन्द्र राख्न सिफारिस ग¥यौ, फेरी पनि गाँउपालिका अध्यक्ष ज्यूले ठाडै अस्विकार गर्नुभयो ।” वडाको सिफारिसलाई लत्याएर बहुमतको दम्भ देखाई ऐनको मर्म विपरित गाँउसभाबाट निर्णय गराईएको वडा अध्यक्ष बस्नेतको भनाई छ । साविक लिवाङ टिमुरचौर ७, ८, ९ र तुषारा १ गोब्दीलाई मिसाएर वडा नं. ८ बनेको बस्नेत बताउँछन् । जनसंख्यालाई आधार मानि हेर्दा साविकका तीन वटा वडामा २ हजार ४ सय, र गोब्दीमा १ हजार १ सय ५० मात्र जनंसंख्या रहेको वडा अध्यक्ष बस्नेत बताउँछन् । “हालको केन्द्र भौगोलिक तवरले पनि पायक पर्दैन ।” बस्नेतले भने ।
उता झिमरुक गाँउ सरकारका प्रमुख तिलक जि.सी.ले वडाले तोेकेका ठाँउहरुमा मतदान गराउँदा दुई तिहाई मतले अस्विकृत भएको जि.सी.को दाबी छ । “हाम्रो सर्वोच्च थलो गाँउसभा हो ।” गाँउपालिका अध्यक्ष जिसिले भने, “ऐन अनुरुप र भौगोलिक सुगमतालाई आधार मानि निर्णय भएको छ ।” वडा केन्द्रका लागि तिन वटा स्थानलाई विकल्प दिँदा फुलबारीका लागि गाँउसभामा बहुमत परेको जि.सी.को भनाई छ ।
तुलस बस्नेत
वडा अध्यक्ष, वडा नं. ८


गाउँपालिका अध्यक्षले गाँउसभाको निर्णयलाई माने मान्नुस नमाने नमान्नुस भन्नुहुन्छ । उहाँहरुमा बहुमतको दम्भ छ । वडा कार्यालयको सिफारिसको कुनै आवस्यक्ता छैन् भन्नुहुन्छ । फुलबारीमा केन्द्र तोक्नु स्थानीय सरकार संचालन ऐन विपरित छ र हामीले नमान्दा–नमान्दै वडा नं. ५ का अध्यक्ष टिका जि.सी.ले दस्ताबेज बनाएर गाँउसभामा पेश गर्नु भयो के–यो ऐन–कानुन सम्वत् छ त? सम्वन्धित वडाको सिफारिस नभएकोले संघिय मन्त्रालयले खारेज गर्ने गरेको निर्णय स्वागत योग्य एंव न्यायको पक्षमा छ । हामी संम्पूर्ण वडाबासी खुशी भएका छौँ ।
तिलक जि.सी.
अध्यक्ष ः झिमरुक गाँउपालिका


गाँउपालिकाको सर्वोच्च थलो गाँउसभा नै हुन्छ । यसबारे स्थानीय सरकार संचालन ऐनले स्पष्ट परिभाषा गरेको छ । गाँउसभामा वडा केन्द्रबारे बहुमतबाट निर्णय लिईएको छ । मन्त्रालयले के–कसरी पत्र पठायो । यो ऐन–कानुनको बर्खिलापमा छ हामी त्यसको खोजी गर्नेछौँ । बहुसंख्यक जनता र भौगोलिक सुगमतालाई आधार मान्दै वडा नं. ८ को केन्द्र फुलबारीलाई तोकिएको हो ।
स्थानीय सरकार ंसंचालन ऐन यसो भन्छ – स्थानीय सरकार संचालन ऐनको दफा ५ को उपदफा ३ वमोजिम सम्वन्धित वडाको सिफारिसमा गाँउसभाले तत्काल कायम रहेको सदस्य ंसंख्याकोे दुई तिहाई बुहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्न सक्ने छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top